१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

खर्चिलो निर्वाचन प्रणालीमा सुधार अनिवार्य छ : नेता गैरे

न्युज संवाददाता / अर्घाखाँची
नेकपा एमाले मिसन ग्रासरुट अन्तरगत आज पाणिनी गाउँपालिका वडा न. ७, अडगुरीमा भएको कार्यक्रमलाई संवोधन गर्ने क्रममा नेकपा एमाल लुम्विनी प्रदेश कमिटि सदस्य प्रेमनारायण गैरेले निर्वाचन प्रणाली महंगो हुदै गएको प्रति चिन्ता ब्याक्त्त गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गैरेले निर्वाचनमा हुने खर्च नियन्त्रण हुन नसके पैसावाला बाहेक निष्ठावान र क्षमतावानहरु पछि पर्ने तर्फ सचेत रहन सम्वन्धित सबैमा आग्रह गर्नुभएको छ ।

नेता गैरेले कार्यकर्ताहरुबाट नै यसको थालनी जरुरी रहेको पनि बताउनुभएको हो । गाउँगाउँबाट संगठन बलियो बनाउदै जनताका समस्या र गुनासासित नेतृत्व नजिक रहनुपर्ने भन्दै पाएको जिम्वेवारि पुरा गर्न निस्वार्थ भएर पार्टि काममा लाग्न सके एमालेका योजनाहरु कार्यान्वयन गर्न सकिने बताउनुभएको हो । देसि विदेसि शत्तिहरुबाट एमाले घेरावन्दिमा परेको भन्दै जनमतबाट र्नै त्यसको जवाफ दिन संगठन बलियो हुनुपर्ने बताउनुभएको हो ।
नेकपा एमाले पाणिनी गाउँपालिका कमिटि अध्यक्ष तथा जिल्ला कमिटि सदस्य कमल घिमिरेले मिसन ग्रासरुट जनताका कुरा सुन्दै संगठन बलियो बनाउने पार्टिको महत्वपुर्ण अभियान भएको बताउदै यसलाइृ सफल बनाउन पार्टि सदस्य देखि नै सुद्धिकरणको जरुरी रहेको बताउनुभएको छ ।


कार्यक्रममा जिल्ला कमिटि सदस्यहरु मिना नेपाली, रिखिराम खनाल, ज्ञानु अर्याल, पालिका कमिटि सचिव गुनाखर अधिकारि लगायतले अभिमुखिकरणका लागि मिसन ग्रासरुटका बारेमा स्पष्ट पार्नुभएको थियो ।
यस्तै कार्यक्रममा पालिका कमिटि सदस्यहरु मिन बहादुर थापा, पदम महत्रा, भरतमणि पौडेल, टोपकला कब्दार, कौशिला पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमले टोलस्तरका अभिमुखिकरणका लागि मिति तय गर्दै अभिमुखिकरणका लागि जिम्वेवारि समेत प्रदान गरेको छ । कार्यक्रम वडा कमिटि अध्यक्ष कृष्ण प्रसाद पोख्रेलको अध्यक्षता र सचिव नविन कुमार टण्डनको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित एमाले कार्यकर्ताले होलि खेलेर रमाइलो समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार