युवा संघ नेपाल पाणिनी गाउँपालिको अधिवेसन सम्पन्न अध्यक्षमा बसन्त केसी

प्रकाश प्युठानी अर्घाखाँची , पाणिनी
२३ फागुन , पाणिनी / अर्घाखाची ।

राष्ट्रिय युवा संघ नेपाल पाणिनी गाउँपालीका कमिटीको प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।May be an image of 3 people and people standingअधिवेशनले आजै वसन्त केसीको अध्यक्षतामा ३१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल पाणिनि गाउँ पालिका कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो। नवनिर्वाचित कमिटीको उपाध्यक्षमा खुम बहादुर सूर्यवंशी, सचिवमा लक्ष्मण न्यौपाने, उप सचिवमा दुर्गा भट्टराई र शारदा ठकुरी साथै कोषाध्यक्षमा कमला पौडेल निर्वाचित निर्वाचित भएका छन्।
No description available.कार्यक्रममा बोल्दै नेकपा (एमाले)अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पिताम्वर भुसाल,लुम्विनी प्रदेश कमिटी सदस्यहरु जीवनारायण कोइराला, कुटमदिन अलि, प्रेमनारायण गैरे ,नेकपा (एमाले) पाणिनी गाउँ पालिका कमिटी अध्यक्ष कमल प्रसाद घिमिरे,पार्टीको तर्फबाट युवा इन्चार्ज खुबिराम आचार्य,राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथाअर्घाखाँची जिल्ला ईन्चार्ज गोविन्द आचार्य, पेसागत महासँघ नेपालका स्थायी कमिटि सदस्य उमानाथ पौडेल, राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य बिक्रम खनाल , राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष शोभाखर पाण्डेय,पार्वता बिक,शारदा बस्याल लगायत नेकपा (एमाले) र राष्ट्रिय युवा संघ नेपालका नेताहरुले अधिवेशनको भब्य सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।No description available.उदघाटन समारोहको राष्ट्रिय युवा संघ नेपाल पाणिनि गाउँपालिका कमिटीका संयोजक बसन्त केसीको अध्यक्षता , सह संयोजक खुम बहादुर सुर्यवंसीको स्वागत मन्तव्य र सचिव कृष्ण प्रसाद भुसालको संचालनमा सम्पन्न भएको थियो।

No description available.नव गठित कमिटीका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाइ अतिथि तथा नेताहरुले बधाई तथा सफल कार्यकालको लागि शुभकामना प्रदान गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार