११३ औं नारी दिवसको अवसरना सबै वर्ग र समुदायका ,देश भित्र र देश बाहिर रहनुहुहुने सम्पुर्ण नारीहरुलाई शुभकामना व्यक्त गर्न चाहान्छु।
लक्ष्मी खनाल/ अर्घाखाँची
गजल
पुरुषप्रधान समाजका अवशेषका बाछिटाहरु
भुत ,वर्तमान र भबिस्यमा पनि रहिरहनेछन्,
कठै !! यहाँ कानुनका खोक्रा भाषण किन गर्छौ महोदय
व्यबहार नै परिवर्तन नभएपछि कठै !!ती नारीहरु सधैं रोइरहनेछन्।।
एउटै अफिसमा जागिर खाने श्रीमान् श्रीमती हामी
श्रीमान् अफिस पुग्दै गर्दा म घरमा जुठो भाँडा मोलिरहेको हुन्छु
खै!! कतिबेला भाँडा मोलेर अफिस पुग्छु
उता हाकिम साबले झपार्ने डरले यता हत्तारिरहेको हुन्छु।।
बिपना होइन सपना सजाएर जिन्दगी बित्यो
खाएर होइन अघाएरै जिन्दगी बित्यो,
वरको सिन्को पर नसार्नेहरुपनी, सम्मानित हुन्छन् यहाँ खै!!
आफ्नो त पसिना बगाएरै जिन्दगी बित्यो ।।
छाउपडि भत्काउनु छ भुमा र देउकी प्रथा उन्मुलन गर्नु छ
बालबिवाह र दाइजो प्रथाको अन्त्य गर्दै ,
बलात्कारिको खोजी गर्दै तह लगाउनु छ ,,
जसको लागि सम्पुर्ण नारी जाती संगठित हुनु छ ।।।
रचनाकार भगवती आधारभुत बिधालय वाङ्ग्लामा अध्यापनरत हुनुहुन्छ ।