१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

नारी दिवसको अवसरमा पाणिनीको धातिवाङ्गमा लोकगित प्रतियोगिता

प्रकाश प्युठानी / अर्घाखाँची, २४ फागुन ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार, भन्ने मुल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा वडा कार्यालयको आयोजनामा लोकगित प्रतियोगिता सम्पन्न भएको छ । ५ समुहको सहभागिता रहेको प्रतियोगितामा कालिका आमा समुह प्रथम, लालिगुरास आमा समुह दृतिय, चेतनशिल आमा समुह तृतिय भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी पाणिनी गाउँपालिकाका निर्वतमान उपाध्यक्ष लक्ष्मी गौतमले महिलाले महिलाकै हिंसा गर्न नहुने बताईन । उनले पुरुषबाट पनि महिलामा हिंसा हुन्छ, तर महिलाले महिलाको हिंसा गर्दा महिला हिंसाको अन्त्य हुन नसकेको बताईन । उनले समाजको परिर्वतन गर्ने सँगै महिलामा धेरै जिम्मेवारी भएकाले ुसचेत भएर अगाडी बढ्नुपर्नेमा जोड दिईन ।

पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षता, कार्यपालिका सदस्य तारा पौडेलको स्वागत, वडा सचिव गिता वाग्ले र सिद्धेश्वर सहकारीका सचिव पुष्कर पौडेलले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा धातिवाङ्ग स्वास्थ्य चौकी प्रमुख मित्रदेव पौडेल, अमर आधारभुत विद्यालयका प्रअ हिमलाल पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगितामा निर्णायक मण्डलको संयोजकमा मेगनाथ पौडेल, सदस्यहरु नारायण आचार्य, दुर्गा न्यौपाने रहेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र शान्तव्नालाई क्रमश सातहजार, पाचँहजार, तिन हजार र एक हजार पुरस्कार, प्रमाणपत्रले सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार