२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

सन्धिखर्क नगरपालिकाको आयोजनामा ११३ औं अन्तरास्ट्रिय महिला दिवसको अवसरमा बिबिध कार्यक्रम

लक्ष्मी खनाल / अर्घाखाँची अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ११३ औं अन्तरास्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारि मिना अर्यालले महिलाको अर्थपूर्ण सहभागीतामा जोड दिदै, निर्णय प्रक्रियामा महिलाहरु अर्थपुर्ण र महत्त्वपूर्ण सहभागीता जनाउनु पर्ने कुरा उल्लेख गर्नुभयो।
नगरपालिकाकि उप प्रमुख मिश्रा आचार्यले महिलालाई शसक्त भएर अगाडि बढ्नु पर्ने कुरामा जाेड दिनुभयो ,आफुले नारी हितकोलागी र उत्थानको लागि नगरपालिका बाट हुने सहयोगको लागि लागिपर्ने कुरामा बिस्वस्त पार्नुभयो।
कार्यक्रममा उपस्थित महिलाहरुलाई कुर्सी दौड र लोक दोहोरी नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।कुर्सी दौडमा तर्फ प्रथम स्थान हासिल गर्नुहुने लक्ष्मी खनाल द्वितीय रिता मरासिनी, तृतीय तिलका भुसाल साथै सान्त्वना बिमला भुसाल भएका छन ।
यस्तै लोक दोहोरी र नृत्य तिर प्रथम मनकामना महिला बिकास तथा सहकारी सस्था -वडा नं १० ,,द्वितीय घोचेखोला महिला समुह वडा नं -२ ,,तृतीय शान्ति महिला महिला समुह वडा नं२ र सान्त्वना लालिगुरास बचत तथा ऋण सहकारी सस्था भएका थिए बिजेताहरुलाई नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जिबनारायनण कोइराला, नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रहरी सहायक निरीक्षक रोजिना घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो ,शिक्षिका लक्ष्मी खनालले वास्तविकतामा आधारित मिठो गजल बाचन गर्नुभएको थियो कार्यक्रम अन्तरमहिला सन्जाल इश्वरा पोखरेलको स्वागत मन्तव्य र तुलसा श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार