१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

एमालेको मिसन ग्रासरूट : मालारानिमा ९ जना एमाले प्रवेश

अर्घाखाँची
नेकपा एमाले मालारानीको मिसन ग्रासरूट कार्यक्रममा ९ जना पार्टी प्रवेश गरेका छ्न ।

नेकपा एमाले मालारानी- ३ खनदह वडा कमिटीको आयोजनामा सनिवार मिसन ग्रासरूट कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि धर्मगत खनाल, मिना खनाल,तारा प्रसाद खनाल,मिरा खनाल,लगायत ९ जना नेकपा एमाले पार्टी प्रवेश गरेका हुन ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य जीवनारायण कोइराला नेकपा एमाले जिल्ला सचीव तोज बहादुर रायमाझी लगायतले टीका माला लगाइ पार्टी प्रवेश गराएका थिए ।

वडा कमिटी अध्यक्ष दण्डपाणि पोखरेलको अध्यक्षता नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य जीवनारायण कोइरालाको प्रमुख अतिथित्यतामा सम्पन्न भएको कार्यक्रममा महत्त्वपूर्ण निर्णय समेत भएको एमाले मालारानी गाउँपालीका कमिटी कार्यालय सचिव देविराम पोख्रेलले जानकारि दिएका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार