अर्घाखाँची ।
प्रगति कृषक सहकारी संस्था लिमिटेड भूमिकास्थान नगरपालिका १र२ ढाकावाङ्गले कृषकहरुलाई बोयर बोका वितरण गरेको छ।
भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र अर्घाखाँचीको आर्थिक सहयोगमा कृषकहरुलाई शुद्ध ५० ५ का बोयर जातका बोका वितरण गरिएको हो।
बोका वितरण गर्दै संस्थाका अध्यक्ष भुवानन्द भुसालले सहकारीले विगतदेखि नै सहकारीका सदस्यहरुलाई बोयर बोका मात्रै नभई विभिन्न खोर निर्माण तथा भकारो निर्माण, कृषकलाई आवश्यक पर्ने विभिन्न औजार, घाँस तथा फलफूलका बिरुवा वितरण गरेको बताउनुभयो।
अध्यक्ष भुसालले सहकारीले मकै पकेट, तरकारी पकेट लगायतका कार्यक्रम संचालन गरी कृषकलाई राहत दिएको बताउदै आगामी दिनहरुमा समेत कृषकहरूको आवश्यकता अनुसार विभिन्न पकेट सञ्चालन गर्नुका साथै कृषकहरुलाई आवश्यक पर्ने औजार, बीउ, विरुवा लगायतका अन्य सामाग्री वितरण गर्ने बताउनुभयो।
त्यस्तै भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडा सदस्य नारायण प्रसाद खनालले कृषकलाई सहकारीको माध्यमबाट स्थानीय सरकारले समेत राहत दिएको बताउनुभयो।
कार्यक्रम भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडा सदस्य द्रोण बेल्वासे, वडा सचिव प्रकाश नेपाली, पशु प्राविधिक हुमाकान्त बन्जाडे लगायतको आतिथ्यता रहेको कार्यक्रमको सहजीकरण सहकारी संस्थाका सचिव खिम बहादुर राउतले गर्नुभएको थियो ।