अर्घाखाँची : शितगंगामा जिप दुर्घटना

झनक केशि / अर्घाखाँची
शितगंगा नगरपालिका ४ गोर्थुममा जिप दुर्घटना भएको छ । दुर्घटनामा ७ जना सामान्य घाईते भएका छन् । बुटवलबाट सन्धिखर्क जाँदै गरेको लंका यातायातको लु १ ज १४४० नम्बरको जिप दुर्घटना भएको हो ।

घाइते हुने हरुमा चालक बिक्रम नेपाली, कपिलवस्तु बाणगङ्गाका चन्द्र बहादुर खत्रि, शितगङ्गाकि मिना थापा, मालारानी बागीका रेमा भुसाल, मालारानीका पोम नारायण भुसाल, मालारानीका कृष्ण प्रसाद भुसाल, प्युठान झिमरुक गाउपालिका १ का अशोक नेपालीरहनुभएको छ । घाइते मध्ये गम्भिर घाइते २ जनालाई बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मिले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार