हरि कुँवर, अर्घाखाँची ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली अर्घाखाँची आउने भएका छन ।
नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान-२०७९) अन्तर्गत चैत १२ गते सन्धिखर्कमा बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्न जिल्ला आउने भएका हुन ।
नेकपा एमाले उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली लगायतको टिम उपस्थित हुने एमाले अर्घाखाँचीले जनाएको छ ।पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सहितको टिम जिल्ला आउने भएपछी एमाले कार्यकर्ताहरु उत्साहित भएका छन ।
एमालेले वडा कमिटी पदाधिकारीसम्म सहभागी हुने गरि मापदण्ड ताेकेकाे छ । उक्त मापदण्ड भित्र करिव १५०० नेता कार्यकर्ताकाे उपस्थित हुनेछ । कार्यक्रम सन्धिखर्क १ स्थित संगम फुडल्याण्डमा हुनेछ । संगम फुड ल्याण्डकाे बाहिर पट्टि टेण्ट लगाएर सहभागी बस्ने ब्यवस्थापन गरिनेछ । कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सचिव पुर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझी, केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी इन्चार्ज छबिलाल बिश्वकर्माकाे समेत उपस्थिती रहने नेकपा एमाले जिल्ला कार्यालय सचीव लिला बरालले जानकारी दिएका हुन ।