१२ फाल्गुन २०८०, शनिबार
१२ फाल्गुन २०८०, शनिबार

राष्टिय स्वतन्त्र पार्टी भुमिकास्थान नगर सभापतिमा सुनार चयन

९ चैत्र अर्घाखाँची । राष्टिय स्वतन्त्र पार्टी भुमिकास्थान नगरपालिकाको नगर सभापतिमा चिरन्जिवी सुनार चयन भएका छन् ।

भुमिकास्थान ८ पाेखेडाँडाका आज सम्पन्न भएको भुमिकास्थान नगरपालिकाको नगर भेलाले भुमिकास्थान नगरपालिका वडा नं ४ निवासी सुनारलाई नगर सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

केही दिनमै पदाधिकारी तथा सदस्यहरु चयन गर्नेगरी तत्कालको लागि भेलाले नगर सभापति मात्र चयन गरेको पार्टीका जिल्ला संयोजक हरिप्रसाद भुसालले जानकारी दिए ।

संगठन निर्माण तिव्र पारेको स्वतन्त्र पार्टी अर्घाखाँचीले जिल्लाका सवै स्थानीय तहहरुमा पालिका स्तरीय समिति निर्माण गरिरहेको छ । हिजाे सन्धिखर्क संयाेजक चयन गरेकाे पार्टीले भाेली खनदह गुफामा मालारानी भेला आयाेजना गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार