अनिल नेपाली / अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क स्थित टुडिखेलमा ठिङ्ग उभिएको छ– एउटा सानो पक्की भवन टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको छ– सार्वजनिक शौचालय यी लेखिएका शब्द पनि मुस्किलले पढ्न सकिन्छ।
शौचालय भवनको नजिक जाँदा वरिपरि फोहोरको डङ्गुर छ । शौचालयको अगाडिपट्टि लेखिएका शब्द हरू नै फोहोरले नदेखिने अबस्थामा रहेका छन् शौचालय फोहोर नगरौँ भनेर ’ लेखिएका शब्दहरू समेत नबुझिने अबस्थामा रहेका छन् ।
केही बर्ष अगाडि बनाएको सार्वजनिक शौचालय यस्तो अवस्था छ। सुरुआती समयमा शौचालय निर्माणले निकै श्रेय बटुलेको थियो शौचालयको आवश्यक व्यवस्थापनमा ध्यान नदिँदा शौचालय आफैं फोहर बनेको हो। सबै सरकारी कार्यालय नजिकै रहेको सार्वजनिक शौचालय भवन नजिकै ठुलो टुडिखेल मैदान छ ।
जसमा जिल्लामा आयोजित प्राय खेल समेत आयोजना हुने गर्दछ । सुरुसुरुमा शौचालयले रमझम नै गरेको थियो। अहिले भने वार्षिक रूपमा पनि खुल्छ कि खुल्दैन, थाहै हुँदैन। जहिल्यै पनि खुला देखिन्छ। ‘शौचालय खोज्ने तथा घुम्न जाने पनि शौचालयको पछाडिपट्टि शौच गर्छन् ‘कहिलेकाहीँ साँझपख कहिलेकाही टुडिखेल घुम्न जाने अधिकाश मानिस त्यहाँ नजिक जान नसक्ने अबस्थामा पुगेका छन् ।