४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

अर्घाखाँची : ठाडामा भेटियो सकेट बम, स्थानिय त्रसित

लक्ष्मण घिमिरे / अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका-४, ठाडा (साविक आर्मी क्याम नजिकै) सडक छेउँमा बम जस्ताे देखिने वस्तु फेला परेकाे छ ।

टुडिखेल देखि बर्बोट जाने सडकको पहिरोमा बम फेला परेको स्थानियले दावी गरेका छन् । बम फेला परेपछि स्थानिय त्रसित छन् ।

डिस्पोजल नभएको बम फेला परेपछी त्यसक्षेत्रमा मानिस आवत जावत गर्न निषेध गरिएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

द्वन्दकालमा राखिएकाे बम पहिराेले ल्याएकाे हुन सक्ने अनुमान गरिएको छ। सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण घिमिरेले पुष्टी गरे। ‘द्वन्दकालमा राखिएको हुन सक्छ। बाटोको पहिरो सोर्दा पुरिएको देखिन्छ। अहिले बाहिर देखियो।’-उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार