शोभाखर पन्थी
अर्घाखाँची / चैत -१४
नेकपा एमालेका पोलिट व्युरो सदस्य सुर्य थापाले शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको बताउनुभएको छ । वर्तमान शिक्षा प्रणालीमा थुप्रै गल्ती कमजोरी रहेको भन्दै उहाँले बैज्ञानिक र जनवादी शिक्षा बिना सबै खाले समस्या समाधान गर्न नसकिने बताउनुभयो ।
भगवती माध्यमिक बिद्यालय सन्धिखर्क-२ शंखेटारी द्वारा कक्षा -१० का विद्यार्थीको लागि आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा मन्तव्य राख्दै नेता थापाले समय अनुकुल शिक्षा क्षेत्रलाई परिस्कृत र परिमार्जित गर्दै लैजानुपर्ने बताउनुभयो । अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो भएको उहाँको भनाइ थियो ।
प्युठान जिल्ला बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य समेत रहनु भएका थापाले शैक्षिक गुणस्तर बृद्धिको निम्ति शिक्षक,बिद्यार्थी र अभिभावकको बीचमा अन्योन्याश्रित सम्बन्ध कायम गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो ।
भगवती माध्यमिक बिद्यालयमा २०४७ सालमा कक्षा-१० को कोचिङ पढेर सोही बिद्यालय बाट एस.एल.सी. परिक्षा दिएको स्मरण गराउँदै उहाँले धेरै बर्ष पछि बिद्यालयमा आएर बोल्न पाउँदा खुसि लागेको बताउनु भयो । सांसद थापाले विद्यालयको चौतर्फी बिकासको निम्ति आफु हरदम सहयोग गर्न तत्पर रहेको बताउनुभयो । कार्यक्रममा सन्धिखर्क नगर पालिका वडा नं.-२ का वडाअध्यक्ष मोतिजङ्ग रायमाझी ,बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष मुकुन्दराज आचार्य ,पु्व प्रधानाध्यापक भविश्वर खनाल ,श्यामबहादुर भुसाल , समाजसेवी भेषबहादुर के.सी. विद्यालयका प्रधानाध्यापक ध्रुबबहादुर खत्री लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कक्षा -९ का बिद्यार्थीहरुले रोचक सांस्कृतिक कार्यक्रम समेत प्रतुतत गरेका थिए ।