१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

१० दिने च्याउ खेती सम्बन्धि सीप बिकास तालिम पाणिनीको अड्गुरीमा शुरु

प्रकाश प्युठानी / अर्घाखाँची

गरिबी निवारणका लागि लघु उद्धम  बिकाश कार्यक्रम अन्तर्गत १० दिने च्याउ खेती सम्बन्धि सीप बिकास तालिम आज पाणिनी गाउपालिका वडा न ७ झन्द्रेकमा आज  उत्घाटन भएको छ ।

पाणिनी गाउपालिकाको आर्थिक सहयोगमा सन्चालन कार्यक्रम शुरु भएको  हो।

पाणिनी गाउपालिका वडा न ७ का वडा सदस्य प्रेम बहादुर थापाको अध्यक्षता र वडा न ७ का वडा अध्यक्ष गुनाखर अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रशिक्षक कृषि प्राबिधिक कृष्ण रिजाल, बोयर बाख्रा श्रोतका कृषक लक्ष्मण न्यौपाने, कृषक दुर्गा बहादुर टन्डन साथै तालिमका प्रशिक्षर्थिको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन पाणिनि गाउपालिका कर्मचारी डम्मर डागीले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य लक्ष्यमण न्यौपानेले राख्नु भएको थियो।

स्थानिय कृषकहरुले तालिमबाट सिकेको सिपलाइ ब्याबहारमा उतार्ने कोसिस गर्ने बताएका छन   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार