२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

चौवाह सामुदायिक स्वास्थ्य इकाईको नवनिर्मित भवनको समुद्घाटन तथा जग्गादातालाइ सम्मान

कमला घिमिरे ,अर्घाखाँची। चौवाह सामुदायिक स्वास्थ्य इकाईको नवनिर्मित भवनको समुद्घाटन साथै भवन निर्माणका लागि नि: शुल्क जग्गादान गर्नुहुने जग्गादाताहरुको सम्मान कार्यक्रम आज सम्पन्न गरिएको छ ।

गत वर्ष देखी छत्रदेव गाउँपालिकाको प्रत्यक्ष लगानीमा सन्चालन हुँदै आईरहेको यस इकाईको नवनिर्मित भवनको छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको हातबाट समुद्घाटन गरिएको छ ।

उक्त भवन निर्माणका लागी करिब २ रोपनी ४ आना जग्गा नि:शुल्क प्रदान (दान) छत्रदेव गाउँपालिका वडा नं. ६ चौवा निवासी समाजसेवी ब्याक्तित्व श्री रविलाल पौडेल र छत्रदेव गाउँपालिका वडा नं. ७ निवासी समाजसेवी ब्याक्तित्व श्री प्रेम प्रसाद पन्थी जसले उक्त भवन निर्माणका लागि करिब ४ आना बराबरको जग्गा दान गर्नु भएको थियो।

भवन निर्माण का लागि नि:शुल्क जग्गा दन गर्नुहुने दानवीर श्री रविलाल पौडेल र श्री प्रेम प्रसाद पन्थी लाइ चौवाह सामुदायिक स्वास्थ्य इकाईले विशेष धन्यवाद ज्ञापन ब्याक्त गरेको छ।

साथै छत्रदेव गाउँपालिका वडा नं. ६ चौवाह र आसपासका क्षेत्रमा रहने नागरिकहरुको लागि पायकको क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने स्वास्थ्य इकाईको लक्ष्यले पुर्णता पाउँदा अत्यन्तै हर्षित भएको चौवाह सामुदायिक स्वास्थ्य इकाईले बताएको ।

भोलिका दिनमा उक्त संस्थाको स्तरोन्नति गर्दै एउटा सुविधाजनक अस्पताल निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार