२७ भदौ २०८१, बिहिबार
२७ भदौ २०८१, बिहिबार

कर्मचारीका समस्या समाधानको निम्ति सहयोग गर्छु :थापा

शोभाखर पन्थी
अर्घाखाँची /चैत -१७
नेकपा एमालेका पोलिट व्यूरो सदस्य सूर्य थापाले कर्मचारी क्षेत्रमा देखिएका समस्या समाधानको निम्ति सहयोग गर्ने बताउनुभएको छ । उहाँले राष्ट्र सेवक कर्मचारीले आफुलाई असुरक्षित भएको अनुभुती गर्नुले काममा गति पैदा हुन नसक्ने भन्दै कानुनी ,सामाजिक र आर्थिक रुपमा पनि कर्मचारीले आफुलाई सुरक्षित महसुस गर्ने अवस्था निर्माण गर्नुपर्ने वताउनुभयो ।

नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले प्रकाशन गरेकाे २०८० सालको भित्तेपात्राे बिमाेचन तथा नयाँ वर्षकाे शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रम बाेल्दै नेता थापाले लामाे समय देखि राेकिएकाे संघिय निजामती ऐन तत्काल संसद्मा पेशगर्न राज्यको ध्यानाकर्षण गराउनुभयो ।

सरकारले नागरिकता लगायतका रोक्नुपर्ने विधेयक फासट्रयाक बाट अगाडि बढाएको र निजामती सेवा ऐन लगायतका केही महत्त्व र जनसरोकारका विधेयक ल्याउन आलटाल गरेको उहाँको आरोप थियो । प्रतिनिधि सभाका सदस्य समेत रहनुभएका थापाले सरकारले निजामती ऐन संसदमा टेवल गरे आफुहरूले साथ दिने बताउनुभयो ।

कर्मचारीलाई सदाचारी भएर काम गर्न आग्रह गर्दै उहाँले जनताकाे गुनासाेलाइ सम्बाेधन गरि असल कर्मचारी बन्नु पर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरेले कर्मचारीले जनताले अनुभुती गर्नेगरी काम गर्नुपर्ने बताउनुभयाे । उहाँले सेवा क्षेत्र छाेडेर जाँदा पनि कर्मचारीको याद रहने गरि काम गर्न आग्रह गर्नुभयाे ।

नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्वर भुसालले कर्मचारीका समस्या समाधानको निम्ति राज्यको ध्यानाकर्षण गराउनुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण काेईराला,मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराई,प्रमुख जिल्ला अधिकारी मिना अर्याल,संगठनका केन्द्रीय सदस्य दिलिप के.सी.,आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण बर्मा,कर्मचारी युनियनका सचिव अर्जुन रेग्मी,पत्रकार महासंघका काेषाध्यक्ष रूद्रमणी भुसाल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारीकाे अध्यक्षता,सचिव पशुपति खनालकाे सञ्चालन र उपाध्यक्ष तुलसा श्रेष्ठकाे स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सेवा निवृत्त ३ जना कर्मचारीलाई सम्मान गरिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार