४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

पाणिनी ५ मैदानमा १ दिने महिला नेतृत्व विकास कार्यक्रम सम्पन्न

कमला घिमिरे / पाणिनी, अर्घाखाँची
पाणिनी गाउँपालिका वडा नं ५ को आर्थिक सहयोग र पाणिनी पत्रकार समाजको आयोजनामा १ दिने तालिम पाणिनी ५को महिला सवाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्षता प्रकाश प्युठानी प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, विशिस्ट अतिथि गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल, प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल, वडा अध्यक्ष इन्द्रमणी घिमिरे कार्यक्रमका प्रशिक्षक सिता बन्जाडे भुसाल, राजेन्द्र पौडेल लगायतको आतिथ्यता रहेको थियोे
उक्त कार्यक्रममा पत्रकार कमला घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन ।

त्यस्तै गरि कार्यक्रममा गाउँ पालिकाका अध्यक्ष ,उपाध्यक्ष ,प्रशासकीय अधिकृत वडा अध्यक्ष विभिन्न राजनीति दलका प्रतिनिधि लगायतले मन्तव्य राख्नु भएको थियोे !
कार्यक्रममा बोल्ने बक्ताहरुले महिला नेतृत्वको लागि महिलाहरु ले आफै बाट शुरूवात गर्नुपर्ने र हस्तक्षेपकारी भुमिका निर्वाह गर्नुपर्नेमा जोडदिएका दिए !

कार्यक्रम पत्रकार समाजका महासचिव भिम बिश्वकर्माको सन्चालन र अध्यक्ष प्रकाश प्युठानीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा पत्रकार घनश्याम पौडेल, माधव पौडेल,कमला परियार, रुक्मांगत भट्टराई, घनश्याम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार