२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

देशको राजनीतिक अस्थिरताको अन्त्यका लागि एमालेलाइ बलियो राजनीतिक शक्ति बनाउनु्पर्छ : एमाले नेता गैरे

न्युज सम्वाददाता / अर्घाखाँची ।
नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तरगत आज दोस्रो चरणको वडा स्तरीय प्रशिक्षण कार्यक्रम पाणिनिको अड्गुरिमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेम नारायण गैरेले देशमा अस्थिरताको अन्त्यका लागि एमाले बलियो हुनुको बिकल्प नभएको बताउनुभएको छ ।
प्रमुख अतिथि गैरैले सबैभन्दा बलियो सङ्गठन रहेको एमाले नै जनता र कार्यकर्तामा पुग्ने एकमात्र पार्टी भएको उल्लेख गर्नुभएको छ । कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा गैरेले दशौ महादिबेसनले पारित गरेका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न कार्यकर्ता देखि नेतृत्व पनि ब्याक्तिगत स्वार्थ बिना लाग्नुपर्नेमा जोड दिनुभयो ।

गैरेले पार्टी सुदृढीकरण तथा बिस्तार अभियानले हरेक क्षेत्रमा नेकपा एमाले पार्टीलाइ एकाउन्न प्रतिशतमा पुर्याउन कार्यकर्तामा उर्जा र क्षमता अभिवृद्धि गरेको दाबी गर्नु भएको थियो।
यस्तै कार्यक्रममा प्रशिक्षण दिदै नेकपाएमाले पाणिनी गाउँ पालिका कमिटी इन्चार्ज तथा जिल्ला कमिटी सदस्य टेकराज न्यौपानेले जन आकाङ्क्षा अनुरुप काम गर्नका लागि जनचासो र सरोकार पनि जरुरी रहेको बताउनुभयो ।
ब्याक्तिगत भन्दा सामुहिक स्वार्थलाई महत्व दिएर लाग्नु पर्ने बताउनुभएको हो ।
एमाले पालिका कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य कमल प्रसाद घिमिरेले माक्र्सवादी चिन्तन हराउन थालेको हो कि भन्ने चिन्ता ब्याक्त गर्नुभयो । माक्र्सवादी दर्सनले श्रम र श्रमिकको भुमिकालाइ उत्पादनमा दिएको महत्त्व भौतिकवादले परास्त गर्न प्रयासरत रहनु कम्न्युस्टहरुका लागि दु:खद भएको बताउनुभयो ।
घिमिरेले कम्युनिस्ट नै कमन्युष्टको बिकल्प भएको उल्लेख गर्दै हरेक कम्युनिस्ट कार्यकर्तामा मार्क्सवादी चरित्र हुनुपर्ने र पार्टी निर्माण गर्दा मार्क्सवादी दृष्टिकोणबाट गर्नुपर्ने कुरामा जोडदिनु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु रिसिराम खनाल, ग्यानु अर्याल लगायतले प्रशिक्षण दिनुभएको थियो । कर्यक्रम वडा कमिटी अध्यक्ष कृष्ण प्रसाद पोख्रेलको अध्यक्षता र सचिव नवीन कुमार टण्डनको सन्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार