हिम जि. सि. लेकली / काठमाडौं ।
हे परमात्मा ,मालिक, श्रृष्टिदाता मेरा सम्पूर्ण पापकर्महरू पखाली मलाई शरणमा लिनुहाेस् ।
************************************
* सबैले अन्तिममा दुख पर्दा सम्झिने भनेकै ईश्वर रहेछ , डक्टर भन्नेहरूले पनि केही उपाए नलागे पछि भन्दा रहेछन् भगवान भराेषा , जिवनकाे प्राैढ अवस्था तिर ठुला ठुला बिद्वान, कवि , साहित्यकारहरूले पनि आध्यात्मिक बाटाे राेज्दा रहेछन् ।
* महाकवि देबकाेटाले अन्तिमबेला आखिर ईश्वर रहेछ एक भने जस्तै जीवनका भाेगाई बाट वाक्क दिक्क भएर ,थाकेर म पनि शास्त्र विधि अनुकुल काे भक्ति गर्न हिन्दु सनातन धर्मलाई पच्छाउदै हिन्दु सम्प्रदाय काे एक पन्थ कविर पन्थमा सम्माहित भएकाे छु ।
जसेकाे ईष्टदेव चारै बेदमा बताईएका कविर साहव हुनुहुन्छ भने पूज्य गुरुदेव तत्वदर्शि सन्त रामपाल जि महाराज हुनुहुन्छ ।
* म हिन्दु हूँ याे मेराे आस्था बिश्वास हाे ,देश धर्म निरपेक्ष भएको छ जहाँ नागरिकहरू चाहेकाे बिचार ,आस्थामा रहन स्वतन्त्र छन् याे उनिहरूकाे नैसर्गिक अधिकार हाे । लाेकतन्त्रमा एकाधिकार हुँदैन सबै खुल्छन् ,प्रतिस्पर्धा गर्छन् ।
* एक खास धार्मिक ब्यक्ति संग पवित्र विचार ,शान्त स्वभाव , सरल जीवन शैली ,बाेलीमा सत्यता , सम्पूर्ण प्राणिहरूमा समभाव दया ,माया,करूणा ,समानता ,भाेजनमा पवित्रता हुन्छ यसैले मलाई यहि सच्चाईकाे मार्गमा हिड्न
मन लाग्याे ।
* मैले अध्ययन गरेकाे छु गीता र बेदमा उल्लेख गरिए अनुसार तत्वदर्शि सन्तले बताए बमोजिम भक्ति गर्न सके माेक्ष प्राप्त हुन्छ ।जीवनका हरेक दुख कष्टहरू समाप्त हुन्छन् । मर्यादामा रहेर गरिएको द्रिढ भक्तिले जीवन फेरिएकाे ,असाध्य राेगहरू समेत निकाे भयकाे चमत्कारिक घटनाहरू भुक्तभाेगिहरू बाट मैले सुनेकाे छु , देखेकाे छु र पढेकाे पनि छु उनिहरूकाे अनुभूतिले मलाइ प्रेरणा मिलेकाे छ ।
* याे अध्यात्म मार्गलाई मैले केही बर्षदेखि अनुसरण गरेकाे छु अपितु मर्यादामा रहेर भक्ति गर्न भने सकिन । मलाई याे दर्शन हिन्दु सम्प्रदायहरूमा उत्कृष्ट लाग्छ , प्रगतिशील लाग्छ, यहाँहरूलाई पनि लाग्न सक्छ नलाग्न सक्छ , चाहना भए एक पटक– हिन्दु धर्म महान , गिता तिम्रो ज्ञान अमृत ,ज्ञान गंगा, जिउने मार्ग , लगाएतका पुस्तक खाेजेर अध्ययन गर्नुहुन सादर अनुरोध गर्दछु ।
बाँकि यहाँहरू कै मर्जि ।
* जीव हाम्रा जाति हुन् , हाम्रो मानव धर्म ,
हिन्दू – मुस्लिम – सिख – इसाइ – धर्म एकै पृथक छैन मर्म । सबैकाे मर्म एउटै हाे मानव जीव जगतकाे कल्याण गर्नु “अहिंसा परमाेधर्म ” मन वचन र कर्मले कसैकाे हिंसा नगर्नु हाम्रो धर्म हाे ।
* म यहाँहरूका अनेकन आस्था बिश्वासहरूलाई सम्मान गर्दछु । म चाहन्छु याे सादगी जीवनले हाम्रा सम्बन्धहरू अझ प्रगाढ हुने छन् ।
मेरा यी निजी बिचार आस्था बिश्वास , यहाँहरू समक्ष पस्के जस्ताे लाग्याे तटस्थ भावले हेरि दिनु हाेला ।
* हामी सबै ईश्वर का सन्तान प्रेमभाव बाडाैं , सबै धर्म ,जातजाति ,भाषा संस्कृतिकाे साझा फूलबारी देश ,समाज ,यसलाई समुन्नत बनाउन एक बुँद
बुँद भएर जुटाैं ।
* जहाँ रहेनि जिउँदाकाे जन्ती मर्दाकाे मलामि हामी, नाङ्गै आयाै नाङ्गै जानू छ दुई दिनकाे डेरा हाे प्रकृति आखिर रिस राग गर्नु छ किन ? देह क्षेण भंगुर छ बिजुली चम्के जस्तै कति बेला गुम्ने हाे ।
* अन्तमा तन दुखिरहेकाे बेला मन दुखित तुल्याउने लाईक कमेन्ट नगरिदिनु हाेला ।
जीवन रहे आबस्यक ठाने सभ्य शैलिमा बसेर कुनै दिन ज्ञान चर्चा गराैंला ।
**************************************
सत साहेब …….. सत साहेब ………सत साहेब