२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

प्रदेश सरकारले गर्यो अस्पताल विकास समितिको अध्यक्ष र सदस्य नियुक्त

दाङ ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पताल र प्युठान जिल्ला अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले २ अस्पतालका विकास समिति अध्यक्ष र ८ अस्पतालका बिकास समिति सदस्य नियुक्त गरेको हो।

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा अजय श्रेष्ठलाई नियुक्त गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको सदस्यमा लक्ष्मी खनाललाई नियुक्त गरिएको हो। प्युठान अस्पताल बिकास समितिको अध्यक्षमा विनय विराज श्रेष्ठ नियुक्त भएका छन्।

गुल्मी जिल्ला अस्पताल विकास समितिको सदस्यमा संजीबनि अर्याल, भीम अस्पताल विकास समितिको सदस्यमा लक्ष्मी केसी,कपिलबस्तु जिल्ला अस्पताल विकास समितिको सदस्यमा सारदा चपाई,पृथ्वीचन्द्र अस्पताल विकास समितिको सदस्यमा सरिता पौडेल,रोल्पा अस्पताल विकास समितिको सदस्यमा सुधा न्यौपाने, पाल्पा अस्पताल विकास समितिको सदस्यमा शशि श्रेष्ठ,बर्दिया अस्पताल विकास समितिको सदस्यमा कल्पना ज्ञावली,रामपुर अस्पताल विकास समितिको सदस्यमा सरस्वती भट्टराई लाई नियुक्त गरिएको प्रदेश स्वास्थ्यमन्त्री विष्णु पन्थीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार