सशस्त्रका सहायक हवल्दारले हाने आफैलाई गोली

दाङ ।
तुलसीपुरका सशस्त्र प्रहरीका सहायक हवल्दारको गोली लागेर मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका– ८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आइतबार बेलुका साढे ८ बजेतिर आफैँलाई गोली हानेका हुन्। घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।

उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा करिब पाँच दिन पहिले मात्रै कपिलवस्तुबाट आएका थिए । केसी ४८ नम्बर रिजर्व गुल्म कपिलवस्तुमा कार्यरत थिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार