४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

अर्घाखाँचीको पालिमा आगलागी हुँदा २ घर र १ गोठ जले, २० लाख भन्दा बढिको क्षति

अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिका वडा नं. ८ पालिमा आगलागी हुदा २ घर १ गाेठ जलेका छन् ।

पाणिनी गाउँपालिका वडा नं. ८ पालि खगडीमा अागलागि हुदा २ घर १ गाेठ जलेका हुन् । साेमकार देखि जंगलमा लागेकाे अागाे बस्ती पसेकाे थियाे ।

खगडी स्थित दिलकुमारी बिक, जानका बिक र निरा बिककाे घर तथा गाेठ जलेका हुन ।

बस्ती पसेकाे आगाे पालि प्रहरी चौकिबाट खटिएको सुरक्षा कर्मिहरुको टोलि र स्थानीयहरूकाे सहयाेगमा निभाइ क्षतिकाे बिवरण संकलन कार्य भएको छ । पाली प्रहरी चौकी पालिका प्रमुख एल.बि.बिकका अनुसार आगलागी बाट २० लाख भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ ।

जिल्लाको अधिकांस स्थानमा केहिदिन देखि आगलागी भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार