४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

राष्ट्रिय युवा संघ नेपाल मालारानी गाउँ कमिटी द्वारा भित्ते पात्रो बिमोचन

गिताराम बिष्ट /बैशाख ०६
अर्घाखाँची

राष्ट्रिय युवा संघ नेपाल मालारानी गाउँ पालिका कमिटीले एक कार्यक्रमका बिच भित्ते पात्रो बिमोचन गरेको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य जनाआर्दन खनालले राष्ट्रिय युवा संघ नेपाल नेकपा एमालेको मेरुदण्ड रहेको बताउनु भएको छ। देशमा भएको अराजक अस्थिरता बिसङ्गती कु सस्कार विरुद्ध सामाना गर्दै युवा संघ नेपालले देशको बिकास निर्माणमा अहम भुमिका खेलेको बताउनु भएको छ।
कार्यक्रममा बोल्दै बिशिस्ट अथिति नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दल बहादुर भट्टराईले युवाहरु उर्जा शिल शिपमुलक क्षमतावान भएर काम गर्न आग्रह गर्दै समाज रुपान्तरणको लागि युवाहरु एक भएर अघि बड्न आग्रह गर्नु भएको छ।
राष्ट्रिय युवा संघ नेपाल मालारानी गाउँ पालिका कमिटीले आयोजना गरेको २०८० सालको शुभकामना आदान प्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मालारानी गाउँ पालिका इन्चार्ज तिलक मिश्रले युवाहरु देशको खम्बा रहेको बताउदै युवा संघ नेपालले गरेको काम प्रती हार्दिक बधाई तथा शुभकामना समेत ब्याक्त गर्नु भएको थियोे । त्यसै गरि कार्यक्रममा बोल्दै मिश्रले नेकपा एमाले युवा संघ सग हातेमालो गर्दै युवाहरुका समस्याको बारेमा आफू कुनै पनि कसुर नराखी अघि बड्ने बताउदै समाज रुपान्तरणमा युवाहरुको अहम भुमिका रहेको बताउनु भएको छ। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा एमाले मालारानी गाउँ पालिका अध्यक्ष सालिक राम आचार्य ले पालिकामा युवा संघले गरेको नमुना काम प्रती बधाई तथा शुभकामना समेत प्रकट गर्दै आफू अध्यक्षको हिसाबले युवाका समस्याहरुलाइ आत्मासात गर्दै अघि बड्ने बताउनु भएको छ । त्यसै गरि कार्यक्रममा वडा देखि पालिका जिल्ला प्रदेश सम्मका नेता गण हरुको उपस्थिति रहेको कार्यक्रम दिपचन्द्र भुसालको स्वागत मन्तव्य हिमाल पौडेलको अध्यक्षता राजु खनालको सन्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार