२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

कर्मचारी संगठन द्वारा भगवती मा.बि.मा अक्षयकोष स्थापना

शोभाखर पन्थी
अर्घाखाँची / बैशाख -८

नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले भगवती माध्यमिक विद्यालयमा अक्षयकोषको स्थापना गरेको छ ।
संगठनले आफ्नो ३३ औं स्थापना दिवसको अवसर पारी ५० हजार १ सय १ रुपैयाँको अक्षयकोष स्थापना गरेको हो ।
अक्षयकोषको रकमबाट भगवती माध्यमिक बिद्यालय सन्धिखर्क-२ शंखेटारीको कक्षा -११ मा प्रत्येक बर्ष भर्ना हुन आएका बिद्यार्थीहरु मध्ये सबैभन्दा बढी जिपीए ल्याएका उत्कृष्ट छात्र-छात्रा हरुलाई छात्रवृत्ति प्रदान गरिने जनाईएको छ ।
नेपाल निजामती कर्मचारी संगठनले एक कार्यक्रमको आयोजना गरि विद्यालयलाई चेक हस्तान्तरण गरेको छ । संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारीले विद्यालयका प्रधानाध्यापक ध्रुव बहादुर खत्रीलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुबबहादुर खत्रीले नेपाल निजामती कर्मचारी संगठनको ऐतिहासिक घोषणाको जत्तिसुकै प्रसंसा गरेपनि कमिनै हुने बताउनुभयो ।
उहाँले छत्रबृत्तीले विद्यार्थीहरुमा मेहनत गर्नुपर्छ भन्ने भावनाको बिकास गर्ने बताउनुभयो । विद्यार्थीमा राष्ट्र सेवक बन्नुपर्छ भन्ने उत्साह समेत थपिएको भन्दै प्रअ खत्रीले अक्षयकोष स्थापनार्थ सहयोग पुर्याउनेहरु प्रति आभार प्रकट गर्नुभयो ।
नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारीको अध्यक्षता,सचिव पशुपति खनालको संचालन र कोषाध्यक्ष बिशाल महतको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य दिलीपकुमार के.सी.,आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष हरि ढुम्रे ,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै ३३ औं स्थापना दिवसको अबसरमा शुभकामना प्रदान गरेका थिए । वक्ताहरूले सरकारले संघिय निजामती ऐन ल्याउन ढिलाइ गरेको प्रति गुनासो गर्दै ऐन कर्मचारीको मनोबल बढ्ने गरि आउनुपर्नेमा जोड दिए ।

उनिहरुले कर्मचारी संगठनले जनमुखी ,उत्प्रेरणादायी र रचनात्मक काम गर्दै आएको बताउँदै छात्रबृत्तीक‍‍ो निम्ति अक्षयकोष स्थापना गर्ने काम निक्कै महत्त्व र दुरगामी भएको बताए ।
नेपाल निजामती कर्मचारी संगठनले अक्षयकोषको निम्ति ३० हजार १ सयभन्दा १ रुपैयाँ संकलन गरेकोमा आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष हरि ढुम्रेले आमा यमकला ढुम्रेको संझनामा कार्यक्रम स्थलमै रु २० हजार घोषणा गरि अक्षयकोष रकमलाई ५० हजार १ सय १ पुर्याउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार