१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

अभिनव चाैहानकाे “अझै माया लाछैन” सार्वजनीक

गीतका शब्दमा प्रेमको आभास

माधब पौडेल / अर्घाखाँची
जिल्लाको मालारानी गाउँपालिकामा जन्मिएका अभिनव चौहान विगत २ वर्ष यता निरन्तर गीत संगीतमा सक्रिय छन् । उनको सिर्जना अभिनय निर्देशन स्वर लगायत रहेका गीतहरु आउने क्रम पनि जारी छ । उनको सिर्जनामा थुप्रै गीतहरु बजारमा आइसकेका छन्।उनले पहिलोपटक आमाले किन्दिएको पछ्यौरी गीतबाट आफ्नो गीत लेखनमा अगाडि बढेका थिए।उनको शब्द सिर्जनामा तयार भएका एल्बमहरु हरेक महिना बजारमा आइरहेको पाइन्छ।

आमाले किन्दिएको पछ्यौरी,माइतीघरको आँगनी, घरमा आउदिन, मलाई छोडेसी,माया मारिछौ, लालुमै वर पिपलको छाँया,आएका छन् परदेशी घरमा, माया नहिड तर्केर,पागल भाको छु, सुपा देउराली माई, यो मनमा पीर, सारी लर्काउदै, लगायतका थुप्रै गीतहरु उनको सिर्जनामा बजारमा आइसकेका गीतहरु हुन्।

उनले मोडलिङ्ग र आवाज भर्ने काम सँगै गीत लेखन र सिर्जनालाई विशेष जोड दिएको पाइन्छ ।यतिबेला उनको शब्द संगीत सिर्जनामा अझै माया लाछैन बोलको गीत बजारमा आएको हो। जसमा लोक प्रिय गायक कृष्ण लामिछाने र अस्मिता बुढाथोकीले आवाज दिएका छन्।भिडियो निर्देशन छायांकन र सम्पादन विष्णु भट्टराईले गरेका हुन्।
गीत नेपाली मनोरञ्जन मिडियामा युटुब च्यानलमा गएर हेर्न सकिन्छ ।

मेरो नयाँ सिर्जना एकपटक हेरेर माया गरिदिनु होला है।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार