२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

सामाजिक सुरक्षा भत्तामा आँखा नलगाउन एमाले नेता घिमिरेको चेतावनी

शोभाखर पन्थी
अर्घाखाँची / वैशाख -०९

नेकपा एमाले सन्धिखर्क नगर कमिटीले बृद्धहरुको सम्मान गरेको छ । ७५ औं पार्टी स्थापना दिवसको अवसर पारी एमालेले पार्टी निर्माण र सुदृढीकरणमा योगदान पुर्याउने बृद्धहरुलाई सम्मान गरेको हो । एमाले सन्धिखर्क नगर कमिटीले नगर भित्रका ६२ जना बृद्ध नेतालाई दोसल्ला ओडाएर मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सम्मान गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका नेता रामजी प्रसाद घिमिरेले सामाजिक सुरक्षा भत्तामा आँखा नलगाउन सरकारलाई आग्रह गर्नु भयो । वर्तमान गठबन्धन सरकारले सामाजिक सुरक्षा भत्ता कटौती गर्ने षड्यन्त्र गरिरहेको भन्दै उहाँले समाजिक सुरक्षा भत्तामा कटौती गरिए नेकपा एमाले चुपलागेर नबस्ने चेतावनी दिनु भयो । वर्तमान सरकार हरेक क्षेत्रमा असफल हुँदै गएको स्मरण गराउँदै उहाँले सरकारको अकर्मण्यताका कारण अहिले मुलुकमा आर्थिक संकटको अबस्था सिर्जना भएको बताउनुभयो ।

लुम्बिनी प्रदेश सभाका सदस्य समेत रहनु भएका घिमिरेले मुलुकमा भ्रष्टाचार मौलाएको ,बिकासको कामले गतिलिन नसकेको आरोप लगाउनु भयो । उहाँले बृद्धहरुको सहारा केबल नेकपा एमाले मात्र भएको दावी समेत गर्नु भयो । घिमिरेले सामाजिक सुरक्षा भत्तामा समय अनुकूल वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र उपसचिव लक्ष्मण पराजुलीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य बुद्धिराम भुसाल ,केवी भुसाल ,भविश्वर पाण्डे,सरोज भुसाल ,जिल्ला कमिटीका उपसचिव शम्भुप्रसाद पोख्रेल ,सन्धिखर्क नगर कमिटीका ईन्चार्ज युवराज श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति थियो ।
कार्यक्रममा नन्दलाल श्रेष्ठ ,लालमणी भुसाल ,चतुर्भुज पन्थी ,धर्मराज अधिकारी ,गोविन्द भुसाल ,नेत्रप्रसाद ढुङ्गाना,रमादेवी ज्ञवाली ,तेजप्रसाद श्रेष्ठ ( टक्सारी बा ) नरप्रसाद श्रेष्ठ ,भुपनारायण श्रेष्ठ ,ईसिप मियाँ ,जगलाल गिरी ,ओमप्रकाश भट्टराई ,जीवनदेव भुसाल ,हेमन्त भुसाल लगायतका ६२ जना जेष्ठ कम्युनिस्टहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार