शिवराज बेल्वासे / दुर्गाफाट अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा आज एक कार्यक्रमको आयोजना गरि पाणिनी न्युज डटकमको बि.स.२०८० को क्यालेन्डर बिमोचन गरिएको छ ।
एटम मिडिया प्रा.लि.द्धारा संचालित पाणिनी न्युज डटकमले प्रकाशन गरेको २०८० सालको क्यालेन्डर बिमोचन कार्यक्रम प्रधान सम्पादक माधव बेल्वासेको अध्यक्षतामा सम्पन्न भएको हो ।
गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतमको प्रमुख अतिथि रहनुभएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल, वडा अध्यक्षहरु हरि प्रसाद घिमिरे, गुनाखर अधिकारी, रोम बहादुर पाण्डे लगायत रहनुभएको थियो ।
कार्यक्रममा पालिका स्वास्थ्य शाखा प्रमुख शेशकान्त घिमिरे , शिक्षा शाखा प्रमुख तेज बहादुर खनाल, कृषि शाखा प्रमुख मेगराज पौडेल , इन्जिनियर मोहराज पौडेल , प्रशासन शाखाका कर्मचारी राजन महत्रा, देविप्रभा माध्यमिक बिधालयका प्रधानाध्यापक हरि प्रसाद घिमिरे, जनसेवा माध्यमिक बिधालयका प्रधानाध्यापक शालिकराम बेल्वासे, फर्सवाटाकुरा माध्यमिक बिधालयका प्रधानाध्यापक बाबुराम भट्टराई , पत्रकार डिआर जि सुमन लगायत पालिकामा कार्यरत कर्मचारीहरु उपस्थित रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै पाणिनी गाउँ पालिका उपाध्यक्ष नर्मदा पौडेल गौतमले निस्पक्ष र स्वतन्त्र पत्रकारिता गर्दै देश र समाजको ऎना बन्ने गरि कलम चलाउन आग्रह गर्नुभएको थियो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले नयाँ वर्षको शुभकामना प्रदान गर्दै सामाजिक कार्यमा सन्चार माध्यमले खेलेको भूमिकाको प्रशम्सा गर्दै क्यालेन्डर प्रकासन सङ्गै थप सफलताको शुभकामना दिनुभएको छ । समाज बदल्न कलम चलाउने कलम जिबिबाट परिवर्तन सम्भव भएको भन्दै भुसालले सकारात्मक र गलत दुवै बिषयलाई बाहिर ल्याउन महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा शुभकामना प्रदान गर्दै अतिथिहरुले सन्चार माध्यमको बिकासका लागि स्थानिय देखि राष्ट्रिय स्तरसम्म सबैले भुमिका निर्वाह गर्दै निश्पक्ष समाचार र आदर्श पत्रकारिताको मर्म र भुमिका निर्वाह गर्नुपर्ने बताएका छन ।
कार्यक्रमको संचालन डटकमका धार्मिक तथा पर्यटन ब्युरो प्रमुख माधव पौडेलले गर्नुभएको थियो ।
पाणिनी न्युज डट्कमको २०८० को क्यालेन्डर बिमोचन
तपाईको प्रतिक्रिया