२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

पाणिनी गाउँपालिकाले ब्यावस्थापन समिति, पि.टि.ए. र प्रधानाध्यापक र जनप्रतिनिधिहरु विच अन्तरक्रिया गर्ने

प्रकाश प्युठानी / दुर्गाफाँट, अर्घाखाँची

जिल्लाको पाणिनी गाउँपालिकाले विद्यालयका विद्यालय ब्यावस्थापन समिति अध्यक्ष, माध्यमिक तह संचालित विद्यालयका शिक्षक अभिभावक सँघका अध्यक्ष, प्रधानाध्यापक, शिक्षाप्रेमी, जनप्रतिनिधिहरुका विचमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । शिक्षा सम्वन्धि विविध विषयमा छलफल गर्ने र सुधारको लागि एकताबद्ध हुन पालिकाले शैक्षिक सत्रको सुरुवातीमा यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो ।

शिक्षामा देखिएका समस्याहरु हल गर्न र शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सबै पक्षलाई सक्रिय बनाउन यहि बैशाख २२ र २३ गते अनतरक्रिया गर्न लागेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले जानाकारि दिनुभएको छ ।

अन्तरक्रियामा उपस्थित भएका ब्याक्तित्वबाट समग्र शिक्षा सुधारका लागि रचनात्मक सुझाव संकलन गरेर त्यस्ता सुझावहरुलाई लिपीवद्द गरि मापदण्ड निर्माण गरेर पाणिनी भरमा एकरुपता हुनेगरी कार्यन्वयन गर्न सहज हुने हेतुले यो कार्यक्रम तय गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख तेज बहादुर खनालले बताउनुभएको छ ।No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार