१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

लियो खस्यौलीमा भण्डारी

बुटवल, १४ बैशाख ।
लियो क्लब अफ बुटवल खस्यौलीको वर्ष २०२३ ÷२०२४ को लागि केशव भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको प्रथम उपाध्यक्षमा शुभास पौडेल, द्वितीय उपाध्यक्षमा शुभम गुप्ता, तृतीय उपाध्यक्षमा आकास कसौधन, सचिवमा विशाल खड्का, कोषाध्यक्षमा प्रतिक गुप्ता रहेका छन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष भण्डारी आगामी कार्यकाल सफल बनाउन कमिटीका सदस्यहरुलाई तालिम र सामाजिक कार्यमा जोड दिने बताए । कार्यक्रममा लायन्स क्लव अफ खस्यौलीका संस्थापक अध्यक्ष मुक्ति श्रेष्ठ, निर्वाचन अधिकृत तथा पूर्व अध्यक्ष आशिष कसौधन,पूर्व अध्यक्ष मन्जील बिश्वकर्मांले नवनिर्वाचित टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

२०२२÷२०२३ का अध्यक्ष सत्यम कसौधनले नवनिर्वाचित टिमलाई लियोको मर्म बुझेर काम गर्न अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार