न्युज संवाददाता दुर्गाफाँट ,बैशाख१४
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण बिधालयबाट शैक्षिक सत्र २०७९ को चैत्रमा संचालित वार्षिक परिक्षामा सहभागि कक्षा ३ र ५ विद्यार्थीहरुको उपलब्धि परीक्षा गर्ने भएको छ ।
भोलि बैशाख १५ गते परिक्षा संचालन गर्ने गरि तयारि पुरा भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले जानाकारि दिनुभएको छ । परीक्षामा नेपाली विषयका १३,अङ्ग्रेजीबाट१३, गणित विषयका १२, मेरो सेरोफेरो र सामाजिक सिअकबाट १२ गरी जम्मा ५० ओटा बस्तुगत प्रश्न अति छोटो उत्तर लेख्ने खालका प्रश्नहरु समावेश गरि परिक्षा संचालन गरीने शिक्षा शाखा प्रमुख तेज बहादुर खनालले बताउनु भयो।
खनालले किसिमको परीक्षाले बिधालय- बिधालय तथा बिद्यार्थी – बिद्यार्थी बिच स्वस्थ प्रतिस्पर्धाको भावना सृजना भइ नियमित शिक्षण सिकाईमा टेवा पुर्याउने बिश्वास लिइ यस्तो कार्य गरिएको जानकारी दिनुभयो।
परिक्षाका लागि आवस्यक सम्पुर्ण ब्यावस्थापकिय तयारि पुरा भैसकेको बताइएको छ । परिक्षा भोलि दुर्वाशेश्वर माध्यमिक विद्यालय दुर्गाफाँटमा विहान ११ बजे देखि शुरु हुनेछ ।