४ असार २०८१, मङ्लबार
४ असार २०८१, मङ्लबार

क्यान्सर पिडित सुनारको उपचारमा समस्या, सहयोगका लागि परिवारको आग्रह

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा न ६ बस्ने योगेन्द्र सुनारको परिबारमा अहिले छटपटी छाएको छ । ५९ बर्षीय सुनार लामो समयसम्म उपचार गर्दा पनि घार्टी तथा गालामा देखिएको बिमार सन्चो नभएपछि सुनार भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिरहनुभएको छ । सुनारको पारिबारिक अन्य आम्दानीको श्रोत समेत छैन अलिकति भएको धन सम्पति उपचारमा सकेपछि उहाँ २ महिना देखि भरतपुर अस्पतालको बेडमा प्राणघात रोग क्यान्सर सँग निरन्तर लडिरहनुभएको छ ।

सुनारले पहिला कसैलाई नभनेको र अहिले भएको धन सम्पति उपचारमा सकेपछि थप उपचार गर्न आफ्नो जीवन बचाईदिनको लागि आग्रह गरेका छन् सुनारले आफुलाई चिन्ने नचिन्ने सबैले सहयोग गरेर नयाँ जीवन उपहारको रुपमा दिन आग्रह गदै सहयोग गर्न चाहानुहुने महानुभाबलाई निम्न नम्बरमा सम्पर्कको लागि आग्रह गरेका छन् । मानिसको जीवनमा धेरै खालमा समस्या देखा पर्ने बताउदै जीवन बचाउने कुरा महान् भएको बताउदै आफु अहिले जटिल अबस्थामा पुगेकोले जीवन बचाईदिनको लागि आग्रह गरेका छन् ।

५९ बर्षीय सुनारको घरमा आम्दानीको श्रोत नभएकोले जीवन बचाईदिनको लागि सबैलाई आग्रह गदै नयाँ जीवनको लागि सबैले पहलकदर्मी गरिदिनको लागि उनकी छोरी निमकला सुनारले आग्रह गरेकी छिन् सुनारलाई सहयोग गर्ने चाहानुहुने महानुभाबले निम्न नम्बर खातामा सहयोग गर्न चाहानुहुन्छ ।
नाम ः योगेन्द्र सुनार
बैक खाता न ४९०७०१००१५५०४
बैक ः ग्लोबल आईएमई बैक अर्घाखाँची
फोन न ९८४७३१४७७१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार