२० बैशाख २०८१, बिहिबार
२० बैशाख २०८१, बिहिबार

व्यवस्थामा परिवर्तन नभए सम्म जनताले अधिकारकाे प्रत्याभुति गर्न सक्दैनन् : ईन्चार्ज माहुरी

अनिल नेपाली / अर्घाखाँची
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका अर्घाखाँची जिल्ला ईन्चार्ज माहुरीले देशमा संसदिय ब्यवस्थाले निकास दिन नसक्ने बताउदै जनतालाई समाजबादकाे यात्रा तय गर्ने गरी रूपान्तरण, परिमार्जन गर्नु आजको आबश्यकता भएको बताएका छन ।

जनतालाई रूपान्तरण र परिवर्तनको नाममा शाेषण र दमन गरेर सत्ताधारी दलले नेपाली जनताको अधिकार कुन्ठित गरेर गरेको दावी गरेका छन ।
सिम्हदरबार र बालुवाटारमा विकास र समृद्धिका कुरा गर्नु नेपाली जनतामाथि हेपाहा प्रबृति भएको उनले बताए राष्ट्रिय युवा जनस्वयमसेवक लुम्बिनी प्रदेश पश्चिम व्युराेकाे आयोजनामा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा न १ काे पिपलनेटामा युवा मार्च तथा जनभेटघाट अभियानको शुभारम्म गर्दै उनलेे यस्तो बताएका हुन् ।

नेता माहुरीले देशमा भ्रष्टाचार अन्याय अत्याचार मिटरव्याजी र लधुवित्तकाे आतंक बढेकाेले जनतालाई दुख दिने जाेकाेहीलाई जनताको सरकार जनसरकारले कार्यवाही गर्ने समेत बताए ।कार्यक्रममा संगठनका केन्द्रीय सचिवालय सदस्य तथा व्युराे प्रमुख सागर सीले देशलाई अफ्ट्यारो परेको बेलामा राता मान्छे देशलाई आबश्यक पर्ने हुदा त्यसको नेतृत्वको गर्न आफुहरू प्रत्येक जिल्लामा अभियानको थालनी गरेको बताउदै अभियानमा अनियमितता भ्रष्टाचार अत्यायचार मिटरव्याजी एमसिसि का बिरूद जनस्तरबाट सघर्ष गर्ने बताए ।

कार्यक्रम कपिलवस्तु जिल्लामा चैत २८ गते शुभारम्म भई कपिलवस्तु दाङ व्युठान हुदै अर्घाखाँचीमा आज आएको हाे । २२ गतेसम्म चल्ने अभियान जिल्लाका सबै पालिका मुख्य बजारमा काेणसभा पिढिसभा भित्तेलेखन बालपेन्टिङ लगायतका कार्यक्रम जनस्तरबाट गरिने जिल्ला सेत्रेटरी मिसनले बताए । कार्यक्रमकाे सञ्चालन विधार्थी नेता हरि नेपालीले गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार