१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

युवा संगठन नेपाल लुम्बिनी प्रदेश पश्चिम व्युराेकाे मार्च पास तथा जनभेटघाट कार्यक्रम

बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे भातृ सगठन युवा संगठन नेपाल लुम्बिनी प्रदेश पश्चिम व्युराेकाे मार्च पास तथा जनभेटघाट कार्यक्रम अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका सन्धिखर्क बजारका चाेकचाेक गल्लि गल्लीमा मार्च पास सहित टुडिखेलमा सरसफाइ कार्यक्रम गरि शान्तिबगैचा र भत्तिटाेलामा काेणसभा गरि सम्पन्न भएको छ।

काेणसभालाई सम्बाेधन गर्दै संगठनका केन्द्रीय सदस्य तथा कमान्ड ईन्चार्ज सागरले देशमा ससदिय ब्यबस्थाले युवालाई राेजगार दिनुकाे साटाे बेरोजगार बनाएर लागुआैषध र मध्यपानकाे शिकार बनाएको बताउदै देशमा ससदिय व्यबस्था रहेसम्म नेपाली जनताले निकाश नपाउने बताउदै व्यवस्था बदल्न युवालाई उत्पादनमा त्रियाशिल बनाउनका लागि आफ्नो पार्टीले अभियानको थालनी गरेको बताउदै याे अभियानमा हरेक बुद्धिजीवी व्यापारी उधाेगी व्यबसायी लामबद भएर लाग्नुकाे साथै हरेक युवा लाइ आफ्नो अभियानमा जाेडेकाे बताउदै जनता परिवर्तनको पक्षमा रहेकोले व्यवस्था परिवर्तन र युवालाई स्वराेजगार बनाउने मुद्दामा आफ्नो पार्टी सदैब अगाडि रहेको बताए ।

चैत २४ गते कपिलवस्तु बाट सुरु भएको अभियान अर्घाखाँची जिल्लामा १९ गते प्रबेश गरेको थियोे कार्यक्रममा युवा सगठनका सयाेजक बसन्त पाण्डे विधार्थि नेता हरि सि विजय सि लगायतले मन्तब्य राखेका थिए भने सामाना साँस्कृतिक परिबारका कलाकारले नृत्य समेत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार