१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार

गुणस्तरहीन काम गर्ने ठेकदारले आफुहरुलाई चन्दा उठाउने गरेको आरोप लगाउछ्न : इन्चार्ज माहुरि

अनिल नेपाली / अर्घाखाँची ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका ईन्चार्ज खेम घर्ती (माहुरी ) ले जिल्लामा पछिल्लो समय गुणस्तरहीन काम गर्ने ठेकदारले आफुहरुलाई चन्दा उठाउने गरेको आरोप लगाउदै आएको बताउनुभयो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी व्युरो द्वारा सञ्चालित युवा मार्च तथा जनभेटघाट अभियानलाई लक्षित गर्दै अर्घाखाँचीको सन्धिखर्कमा गरिएको पत्रकार सम्मेलन उहाँले यस्तो बताउनुभएको हो ।

नेता घर्तीले आफुहरुले गुणस्तरहिन काम गर्ने जो कै लाई बेला बेला सुझाव दिदै आएको त्यसमा पनि कमसल काम गर्नेले आफुहरु विरुद्व भरामक चन्दाको विषय उठान गरेको बताउनुभयो । यस्तै पछिल्लो समयमा अर्घाखाँचीका खोला नाला जगंल लगायतका क्षेत्रमा चोरी निकासी हुने गरेकाले त्यसको रोकथामको लागि आफुहरु लागि परेको ईन्चार्ज घर्तीले बताउनुभयो ।

नेकपाको आयोजना र राष्ट्रिय युवा जनस्वयंसेवक लुम्बिनी प्रदेश पश्चिम ब्युरोको संयोजनमा संचालित युवा मार्च तथा जनभेटघाट कार्यक्रममा दाङ,प्युठान,अर्घाखाँची,कपिलबस्तु लगायतका जिल्लामा कार्यक्रम गरिएको केन्द्रीय सदस्य तथा टाेली ईन्चार्ज सागर सी ले जानकारी दिनुभयो ।

नेकपा जिल्ला सेत्रेटरी मिसन सिकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लामा त्रियाशिल पत्रकारको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार