२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

जनउत्थान सामुदायिक लघुवित्त संस्थाको वित्तीय साक्षरता कार्यक्रम

२७ बैशाख, अर्घाखाँची ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको पोखराथोक शाखाको आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी मगंलबार पोखराथोकमा सम्पन्न भएको छ ।

पोखराथोक शाखामा आवद्ध समूह सदस्यका लागि वित्तीय साक्षरता तथा विद्युतीय चुलो सम्बन्धी अभिमुखि कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा केन्द्रीय कार्यालयका मानव संसाधन, सामान्य प्रशासन तथा सम्पत्ति व्यवस्थापनका विभागीय प्रमुख इन्द्र बरालीले संस्थाले दिंदै आएको सेवा पारदर्शी तथा सदस्यको हितमा रहेको बताउनुभयो । उहाँले सदस्यलाई निर्धक्क भएर संस्था मा कारोबार गर्न समेत आग्रह गर्नुभयो ।

कार्यालयका आन्तरिक लेखा परीक्षण, अनुगमन तथा मुल्यांकन विभागका विभागीय प्रमुख वसन्त पचभैयाले वित्तीय साक्षरता अन्तर्गत विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो साथै संस्था बाट प्रदान हुने सेवा सुविधाको बारे मा बताउनुभएको थियो । साथै परिवारलाई आर्थिक रुपमा शसक्तिकरण गराउनका लागि पारिवारिक बजेटअनुसार आम्दानी र खर्चको लेखाजोखा अनिवार्य रहेको बताउनुभयो ।

यसैबीच कार्यक्रममा विद्युतीय चुलो प्रदर्सनी गरिएको थियो ।

मिर्मिरे बैंकिङ समुदायकी प्रमुख कल्पना नेपालीले लघुवित्तमा आवद्ध भएपछि महिला उद्यमी बन सफल भएको बताउनु भएको थियो ।

पोखराथोक शाखा का शाखा प्रमुख राम प्रसाद पौडेल ले स्वागत गर्नुभएको कार्यक्रममा पोखराथोक शाखा की कर्मचारी सिता पौडेल संचालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार