६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

पाणिनी गाउँपालिकाको सार्वजनिक सुनुवाइ

कमला घिमिरे / दुर्गाफाट
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा आर्थिक वर्ष २०७९ / ०८० मा भए गरेका कामको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
पाणिनी गाउँपालिकाको कार्यालय अर्घाखाँचीको आयोजना र लुम्बिनी मिडिया एजेन्सीको सहजीकरणमा भएको सार्वजनिक सुनुवाईमा गाउँपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुको जवाफ जवाफदेही वक्ताले दिएका थिए ।
गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जनताको गुनासोको समाधान सहित समृद्ध गाउँपालिका बनाउँन लाग्ने बताए ।

गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेलले आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा गाउँपालिका लाग्ने प्रतिवद्धता जनाईन् ।
प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको बताए ।
वडा नं. २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेल, इन्जीनियर मोहराज पौडेल, स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, शिक्षा शाखा प्रमुख तेजबहादुर खनाल, पशु शाखाका कृष्ण प्रसाद घिमिरेले सरोकारवाला सेवाग्राही निकायले राखेका प्रश्नको जवाफ दिएका थिए ।
कार्यक्रममा वडा अध्यक्षहरु कमल पोख्रेल, युवराज ज्ञवाली, हरिप्रसाद घिमिरे, इन्द्रमणि घिमिरे, कृष्णप्रसाद पौडेल, रोमबहादुर पाण्डेको सहभागिता रहेको थियो ।
कार्यक्रममा काँग्रेसका सभापति तुल्सीराम पौडेल, एकिकृत समाजवादीका जिल्ला सचिव युवराज पौडेल, जनमोर्चाका निमिराज भट्टराई, जसपाका माधव पोख्रेल, वडा सदस्य श्यामनाथ काश्यप, एकराज घिमिरे, सेवाग्राहीको तर्फबाट कृष्ण गैरे, महिला नेतृ मधु पन्त, दिपक बेल्वासे, भोजराज घिमिरे, पत्रकार माधव बेल्वासे, शिवमदन माविका प्रअ राजेन्द्र पौडेल, डिआरजी सुमन लगाएतले गाउँपालिका तथा वडाबाट भएका कामहरु प्रभावकारी नभएको भन्दै गुनासो राखेका थिए । कार्यक्रम सहजीकरण संस्थाका मोडरेटर सुरज सारुको सहजीकरण, घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार