२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

दुधको खोवा बनाएरा गुजारा चलाउदै नौरगिंयाका पशुकृषक

प्रिन्स मिश्रा / कृष्णनगर
कपिलवस्तुको बिजयनगर गाउँपालिकाको वडा नं ५ नौरगिंया र डालपुरमा ब्यवसायिक रुपमा दुधको खोवा बनाउदै अधिकांश स्थानियहरुले आफ्नो जिबिकोपार्जन गर्दै आएका छन । एउटै घरमा १० देखी ३० भैसी सम्म पाल्दै आएका स्थानियले दुधको परिकारबाट खोवा बनाउदै बिक्री वितरण गर्दै आएका छन । भने केही स्थानियले यिनै खोवा बनाउने भट्टामा दुध बिक्रि गर्दै आएका छन ।

यसले गर्दा यहाका स्थानियले दुध आफैनै गाउँ वरपर बिक्री गर्ने गरेका छन । तर बजार भाउ भने निकै कम रहेको छ । जिल्लाका मूख्य बजारमा ८० रुपैया प्रतिलिटर सम्म दुध बिक्री हुन्छ भने गाउमा भने ५० देखी ६० रुपैया सम्म बिक्री हुदै आएको छ । यस्तै गाउँमा उत्पादन भएको खोवा स्थानियले बहादुरगञ्ज , कृष्णनगर ,महाराजगञ्ज, तौलिहवा सम्म बेच्दै आएका छन । यसबाट आफनो दैनिक गुजारा चलाउन सजिलो भएको राजु यादबले बताउनुभयो । प्रतिकेजी ५ सय देखी ५५० रूपया सम्म खोवाको मूल्य रहेको छ ।

यसको बजारीकरणको भने समस्या रहेको स्थानियले बताएका छन । यसका लागि पालिका स्तरमै बिक्री हुने खालको बजार हुनुपर्ने उनीहरुको माग रहेको छ । खोवा बनाउने क्रममा धेरै दाउरा चाहिने भएकोले दाउराको ब्यवस्था गर्न पनि समस्या हुने गरेको स्थानिय कृषक मुकेश अहिरले बताउनुभएको छ । यस गाउँमा लुम्बिनी प्रदेश सरकारले भैसी श्रोत केन्द्र कार्यक्रम सञ्चालन गरेपछि भैसी पालनतर्फ झन कृषक आकर्षित भएका छन । यस गाउँमा ८० घरधुरीमा मात्र ९ सय ५० वटा भैसी पालन हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार