न्युज सम्वाददाता / बुटवल ।
अड्गुरी समाज रुपन्देहीको १० औं वार्षिक साधारण सभा आज शनिवार बुटवलमा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष शिव बस्नेतको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले अड्गुरीलाई माया गर्ने तथा अड्गुरिबाट विभिन्न शिलशिलामा रुपन्देहीमा आएर बसोबास गरेर अड्गुरिको भलो चिताउने सबैको चिन्तन र भए गरेका कामको लागि लागि खुशी ब्याक्त गर्नुभएको छ ।
समाजलाइ पाणिनिमा उत्पादित कृषि उपज बुटवलमा ब्यवस्थित तरिकाले बजारीकरण गर्ने कार्यका लागि सहजीकरण गर्न सुझाव पनि दिनु भएको थियो । उत्पादित बस्तु खेर नजाने गरि स्थानीय उत्पादन बुटवलमा प्रयोग गर्ने वातावरण मिलाउन पालिकाले आवस्यक सहयोग गर्ने त्यसका लागि पाणिनिका कृषकको उत्पादनले बजारको सुनिश्चितता हुनु पर्ने आफुको सर्त रहने बताउनु भएको छ ।
कार्यक्रमका बिशिस्ट अतिथी तथा पाणिनी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गुनाखर अधिकारीले सस्थाको सामाजिक कार्य, आर्थिक पारदर्शिता, शैक्षिक कार्यक्रम तथा अन्य बिविध क्षेत्रमा गरेका रचनात्मक कार्यका लागि प्रशम्सा गर्दै थप प्रगतिका लागि शुभकामना प्रदान गर्नुभएको थियो ।
निवर्तमान अध्यक्ष लुकराज न्यौपानेले सस्था स्थापनाका परिस्थितिहरुको स्मरण गर्दै आज सम्म साथ सहयोग गर्नुहुने सबैमा आभार प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा सस्थाको प्रतिवेदन पेश गर्दै अध्यक्ष शिव बस्नेतले सस्थाले विभिन्न सामाजिक काम गर्दै आएकोमा गत वर्ष पनि अड्गुरिमा संचालित सामुदायिक बिधालयका २२ जना विद्यार्थीहरुलाइ पोशाक सहित शैक्षिक सामग्री बितरण तथा बिधालयका लागि औषधि सहितको प्राथमिक उपचार बाकस वितरण , रक्तदान कार्यक्रम संचालन, साथै बिपन्न बिरामीका लागि उपचारका लागि आर्थिक सहायता लगायतका काम गरेको जानाकारी गराउनु भएको थियो ।
सस्थाको आर्थिक प्रतिवेदन राख्दै सस्थाको आय ब्याय विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक राम प्रसाद पन्थी , धातिवाङ्ग रुपन्देही समाजका सह सचीव हरि घिमिरे, मालुङ्गा समाज रुपन्देहीका कोषाध्यक्ष सुर्य बस्याल, पणेना समाज रुपन्देहीका माधवराज पोख्रेल, समाजका उपाध्यक्ष रामप्रसाद न्यौपाने, खिदिम सम्पर्क समाज रुपन्देहीका अध्यक्ष, मैदान रुपन्देही सम्पर्क समाजका अध्यक्ष कृष्ण प्रसाद बेल्वासे, पाली रुपन्देही सम्पर्क समाजका मक्बुल मिया, समाजका पुर्व अध्यक्ष झविन्द्र अधिकारी साथै लक्ष्मण पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
शुभकामना राख्दै बक्ताहरुले रुपन्देहीमा बसेर अड्गुरिलाइ माया गर्ने सङ्गठित भइ सिर्जनात्मक र सामाजिक कार्यको प्रशम्सा गर्दै र कार्यक्रम सफलताको शुभकामना ब्याक्त गरेका थिए ।
कार्यक्रममा प्रस्तावित साङ्गठनिक तथा कोषाध्यक्ष माधव आचार्यले पेश गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएका छन ।
कार्यक्रममा महिला उप समिती संयोजक शिवजी अधिकारिले उपसमितिको अवस्था र गरिरहेका कामको बारेमा प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रममा पत्रकारिताको माध्यमबाट सुचना तथा समाचार सम्प्रेषण गर्न सहयोगी भुमिका निर्वाह गरेको भन्दै पत्रकार माधव बेल्वासे र प्रकाश प्युठानिलाइ सम्मान पनि गरेको छ ।
यस्तै समाजले विभिन्न सामाजिक कार्यका लागि आर्थिक तथा अन्य तवरले सहयोग पुर्याउनु हुने सहयोग दाताहरुलाइ पनि सम्मान गरेको छ । यस्तै सस्थाले अतिथिहरुलाई मायाको चिनो स्वरुप विभिन्न पुस्तकहरु प्रदान गरेको छ ।
कार्यक्रमको संचालन समाजका महासचिव नारायण प्रसाद घिमिरेले गर्नुभएको थियो ।
समाजले विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएकोले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।