अनिल नेपाली / अर्घाखाँची ।
मानिस आफ्नो जिवनकालमा सामान्यतया परिवर्तन र व्यवस्था उल्टाउने कुरामा समर्पित भई राष्ट्र निर्माणमा लागेकाे हुन्छ । जिवनकाे उत्तरार्धमा पुग्दा विभिन्न राेगसँग लडि उपचारका लागि अस्पतालमा धाउदा आर्थिक अबस्था कमजोर भई उपचार नपाई तडपि तडपि रहेको अबस्थामा सहयोगकाे लागि याचना गरेको हुन्छ ।
तर सहयोग गर्ने सघ सस्था कम हुन्छ तर जित बहादुर सारूकाे सारथी एम्बुलेन्स सघ अर्घाखाँची बनेको छ। २९ बर्षिय सारू जिल्ला अस्पताल अर्घाखाँचीकाे आकस्मिक कक्षमा उपचाररत पाणिनी गाउँपालिका वडा न.७ तुल्सिदिपका आर्थिक अबस्था कमजोर भएका जितबहादुर सारूको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारको लागि जिल्ला अस्पतालबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको हाे ।
आर्थिक अबस्था कमजोर भएका बुटवलमा गएर उपचार गराउन नसक्ने अबस्थामा रहेका सारूकाे उपचारमा जिल्ला एम्बुलेन्स चालक सघ अर्घाखाँचीले सहयोग गरेको छ । संघले मानव सेवा नै संघको मुख्य उद्देश्य रहेको जानकारी गराउदै संघले जितबहादुरलाई नि:शुल्क प्रादेशिक अस्पताल लैजाने व्यवस्था गरेको जनाएको छ।
संघले समयसमयमा आर्थिक अबस्था कमजोर भएका बिरामीको लागि निशुल्क एम्बुलेन्सकाे ब्यबस्था गदै आएको छ सारू केही दिन अगाडि देखि आफ्नै घरमा लडेर टाउकोमा चाेट लागि अस्पतालमा उपचार गरिरहेका थिए सारूकाे टाउको लागेको चाेटकाे सिटिस्कान अस्पतालमा नहुने भएपछि थप उपचारको लागि बुटवलमा लगिएको सघले जनाएको छ ।
उनको थप उपचारका लाही रकम अभाव हुने परिवारले बताएको छ ।