२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

गाउँपालिका प्रमुख यादवले, आफै गरेको निर्णयमा क्याम्पसलाई बदनाम गर्दै ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम
१ जेठ
। त्रिभुवन क्याम्पस प्रतापपुर गाउँपालिका वडा नं ९ स्थित बेलाटारीले छात्राहरुलाई साइकल वितरणमा सिफारिस लिने क्रममा जनही छात्रा ५ सय रुपैयाँ असुलेको भनी प्रतापपुर गाउँपालिकाले कपोकल्पित तथ्यहिन प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार क्याम्पस संचालकले पत्रकार सम्मेलन समेत आयोजना गरी गाउँपालिकाले क्याम्पसलाई बदनामी गर्ने प्रयास गरेको बताइएको हो । 
त्रिभुवन क्याम्पस बेलाटारीका क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमुल कुमार पाण्डेले एक विज्ञप्ति समेत जारी गरी गाउँपालिकाको अभिव्यक्ति प्रति घोर भत्र्सना तथा खेद प्रकट गरेको बताउनु भएको हो ।
अध्यक्ष पाण्डेद्वारा जारी गरीएको प्रेस विज्ञप्तिमा हालका प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव उक्त क्याम्पसको सञ्चालक समितिको सदस्य भएको समयमा नै अन्य सिफारिस दस्तुर वापत १ हजार रुपैयाँ लिने भनी निर्णय गरेको जनाइएको छ ।
विस. २०७३ असार २० गते तत्कालिन क्याम्पस सञ्चालक समितिको अध्यक्ष केदारनाथ पाण्डे रहँदा सोही समितिको सदस्यको रुपमा यादव समेत रहनुभएको र उक्त निर्णयमा यादवको समेत हस्ताक्षर भएको क्याम्पसले जनाएको छ । साथै त्यसरी निर्णय गरिएको दस्तावेज समेत पत्रकारहरु सामु सार्वजनिक गरिएको छ ।
पत्रकार सम्मेलनमा क्याम्पस संचालक समिति अध्यक्ष पाण्डेले उमेशचन्द यादवले आफ्नै कार्यकालमा गरेको निर्णय बिर्सेर हालको क्याम्पस प्रशासनलाई बदनाम गर्न खोजेको आरोप लगाउनु भएको हो ।
त्यस्तै मिति २०७७ कात्तिक २२ गते तत्कालिन नितेष गुप्ता नेतृत्वको क्याम्पस संचालन समितिको वैठकले सिफारिस दस्तुर १ हजार बाट घटाएर ५ सय रुपैयाँ कायम गरेको र सोही अनुसार नै रकम लिइएको दावी क्याम्पस प्रमुख मनोजधर द्विवेदीले बताए ।
आफूहरुले तत्कालिन समितिको निणर्य अनुसार नै सिफारिस दस्तुर लिएको तर, आफूहरुलाई बदनाम गर्ने प्रयास गाउँपालिका प्रमुखले गरिरहेको गुनासो क्याम्पस प्रमुख द्विवेदीले गर्नुभएको हो ।
गत शुत्रबार प्रतापपुर गाउँपालिकाले पालिका भित्र रहेका स्नातक तह प्रथम वर्ष अध्ययनरत १ सय २० जना छात्राहरुलाई निःशुल्क साइकल वितरण गरेको थियो । जस अन्तरगत त्रिभुवन क्याम्पस बेलाटारीका ७७ जना छात्राहरुले साइकल प्राप्त गरेका थिए भने साइकल प्राप्त गर्ने उद्देश्यले ७८ जना छात्राहरुले क्याम्पसबाट सिफारिस लिएका थिए ।
क्याम्पसले ति विद्यार्थीहरु सो क्याम्पसमा अध्ययन गरेको सिफारिस वापत जनही ५ सय रुपैया शुल्क लिएको थियो ।
उक्त रकम असुल गरिएको भनी साइकल वितरण समारोहमा गाउँपालिका अध्यक्ष यादवले आफूहरुले निःशुल्क साइकल वितरण गरेको तर, त्यसका नाममा क्याम्पसले रकम असुली गरेर छात्राहरुलाई आर्थिक भार पारेको आरोप लगाउनुभएको थियो । 
त्यस्तै उक्त समारोहमा ५ सय रुपैयाँ असुल गरी विद्यार्थीहरुलाई रसिद समेत नदिइएको र क्याम्पसले आर्थिक अपचलन गरेको आरोप समेत लगाइएको थियो ।
क्याम्पस प्रमुख तथा संचालक समितिले भने आफूहरुले नियमअनुसार रकम लिएको र त्यस वापतको रसिद सबैलाई दिइएको भनी रसिदको प्रतिलिपी समेत सार्वजनिक गरेको थियो ।

त्यस्तै क्यापसले ‘क्युएए’ प्रक्रियामा जाँदै गर्दा जग्गा विवाद तथा पैसाको विवाद सिर्जना गरी गाउँपालिका र सँगै रहेको त्रिभुवन नमुना माविले समेत हस्तक्षेप गरिरहेको विज्ञप्तिमा उल्लेख रहेको छ ।
त्यस्तैगरि त्रिभुवन क्याम्पस बेलाटारीको स्वतन्त्र विद्यार्थी युनियनले समेत विज्ञप्ति जारी गर्दैै गाउँपालिका अध्यक्षले आफ्नै कार्यकालमा र आफ्नै हस्ताक्षरमा गरेको निणर्य विरुद्ध अभिव्यक्ति दिएर क्याम्पसको बदनामी गर्न खाजेको आरोप लगाएको हो । युनियनका अध्यक्ष कमलेश पासीको हस्ताक्षर प्रेस विज्ञप्तिमा सो विषयमा जाचबुझ गर्दा आर्थिक कारोबार चुस्तदुस्त रहेको पाइएको उल्लेख गरेको छ ।

उक्त क्याम्पस संचालक समिति पाण्डेले राजनैतिक पुर्वाग्रह राखेर क्याम्पसलाई असफल बनाउने षड्यन्त्र भइरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार