अनिल नेपाली / अर्घाखाँची ।
जिल्लामा निजि प्रयाेजनका ल्याईएका सवारि साधनले अनियमित ढगँले भाडामा सवारी तथा यात्रुहरुलाई ओसार पाेसार गरेमा कार्यबाहीकाे माग सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाईएकाे छ ।
लङ्का यातायात प्रालि र ट्याक्सी ब्यावसायी प्रालि अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारी मिना अर्याललाई ज्ञापनपत्र बुझाएका हुन् ।ज्ञापन पत्र पछि भएको काेणसभालाई शान्तिबगैचामा सम्वाेधन गदै लङ्का यातायातका अध्यक्ष कृष्ण भुसालले व्यबसायीलाई मारमा पार्न गरी चलाईएका निजि गाडीहरूलाई प्रशासनले कार्यबाही गनुपर्ने बताउदै फुलहरू सुक्न सक्छन् तर बसन्त ऋतु परिवर्तन हुन सक्ने बताउदै बैदेशिक राेजगारबाट ल्याएको पैसा जग्गा धिताे राखेर गरेको व्यबसायलाई बिचल्ली पार्न कुरा व्यबसायीकाे हितमा नभएको बताए ।
कार्यक्रममा अर्घाखाँची ट्याक्टसीका अध्यक्ष महेन्द्र भुसालले व्यबसायीलाइ अबरोध पुयाउने गरि निति नियम बिपरित प्रयाेगमा ल्याईएका सावरी साधन तुरुन्त कार्यबाहीकाे दायरामा ल्याउनुपर्ने बताए ।