अर्घाखाँची ।
सहिद टङ्क प्रसाद भुसालको 41 औ स्मृति दिवस अर्घाखाँचीकाे सन्धिखर्क स्थित शान्तिबगैचामा आज एक कार्यक्रम सहित मनाइएको छ ।
कार्यक्रममा बाेल्ने बक्ताले सहिद टक भुसालले देशमा परिवर्तन आन्दोलनकाे नेतृत्व गर्दा राज्यद्वारा कायरतापुर्वक बलिदानी दिएर परिवर्तनको आन्दोलनमा सहिद टक भुसालको नाम स्वर्ण अक्षरमा लेखिएको बताए कार्यक्रममा राजमोका नेता शेरबहादुर वि सी, नेकपा माओवादी केन्द्रका नेतृ छमकुमारी खनाल, नेकपा एमालेका नेता श्रीकृष्ण भुसाल ,अखिल नेपाल शिक्षक संघका पूर्व अध्यक्ष कमल प्रसाद घिमिरे सहितका बक्ताहरूबाट मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष शारदा भुसाल, अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य,तथा नेपाल शिक्षक महासंघका राष्ट्रिय समिति सदस्य लक्ष्मण वली, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष, मान वहादुर पान्डे लगायत शिक्षकका पेशागत संघ सङ्गठनका बिभिन्न तहका पदाधिकारीहरू र बिभिन्न राजनीतिक दलका नेतासहितको समेत उपस्थिति रहेको उक्त कार्यक्रम सहिद टङ्क भुसालकाे सालिकमा माल्यर्पण तथा अविरयात्रा समेत गरिएको थियोे कार्यक्रम अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष युवराज भुसालको सञ्चालन र प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका दिनामणि बेल्बासेको स्वगत मन्तव्यमा सम्पन्न भएको थियोे ।