१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयको आवासिय भवनको शिलान्यास

कमला परियार / अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ पाणिनि क्याम्पस नजिक रहेको निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयको आवासिय भवनको एक समारोहका बीच शिलान्यास गरिएको छ ।

विद्यालय भवनको हिन्दु परम्परा अनुसार सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले शिलान्यास गर्नु भएको हो ।

कार्यक्रममा उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, वार्ड नम्बर १ का अध्यक्ष माधब श्रेष्ठ, वार्ड नम्बर ५ का अध्यक्ष ऋषब अधिकारी, वार्ड नम्बर ९ का अध्यक्ष पदम भुसाल, राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सचिवालय सदस्य कमला परियार, सुस्त मनस्थिति विद्यालयका प्रधानध्यापक कमला भुसाल, नगरपालिकाका ईन्जिनियर हरि बोहरा, नगरपालिकाका अधिकृत दिलिप केसि, नारायण पोख्रेल, वार्ड नम्बर १ का सदस्य बाबुराम पन्थि, सुनिता श्रेष्ठ लगायतका जनप्रतिनिधि वार्ड नम्बर १ का वार्ड सचिब सीता बिसि निर्माण ब्यबसायि रामसिह खनाल, नारायण आचार्य, अर्जुन खनाल, प्रेस युनियन लुम्बिनी प्रदेशका सचिव सुर्य प्रसाद भुसाल, पत्रकार महासंघका जिल्ला सदस्य विष्णु खनालको उपस्थितिमा सो ८ कोठे अपाङ्गता मैत्री, सुबिधा सम्पन्न भबनको शिलान्यास गरिएको हो ।

कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा बिशिस्ट ब्याक्ती हरुले बिशेष क्षमता भएका विद्यार्थीका लागि सुविधा सम्पन्न भवन बन्ने कुराले खुशी ब्याक्त गर्दै उनिहरुको क्षेत्रमा काम गर्न पाउँदा सफलता मिलेको अनुभुती भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार