३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

गुणस्तरीय सेवाका साथै स्थानीयलाई स्वरोजगार बनाउदै पिटिआर निर्माण सेवा

अनिल नेपाली / सन्धिखर्क ।
अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा न १ मा रहेको पिटिआर निर्माण सेवाले गुणस्तरीय काम गर्दै विश्वसनीयता प्राप्त गदै आएको छ ।

स्थापना कालदेखि निर्माणका काम गर्दै आएको निर्माण कम्पनीले अर्घाखाँची जिल्ला लगायत अन्य जिल्लामा पनि निर्माणका काम गदै आएको छ । अर्घाखाँची जिल्ला लगायत अन्य जिल्लामा निर्माणका काम गर्नका लागि कामदार बाहिर बाट ल्याउनुपर्ने समस्यालाई अन्त्य गरी स्थानीयलाइ स्वराेजगार बनाउनका लागि पनि प्रत्यक्ष तालिम दिई दक्ष बनाएको कम्पनिले दावी गरेको छ ।

यसले गर्दा पहिला पहिला साना साना काम गर्न पनि बाहिर बाट कामदार ल्याउनुपर्ने समस्याको अन्त्य भएको छ यसका साथै करिबकरिब ठुला काम गर्नका लागि पनि बाहिरी कामदार ल्याउनुपर्ने समस्याको अन्त्य भई अब कालाेेपत्रे गर्दा मात्र कामदार बाहिर ल्याउनु पर्ने अबस्था रहेको कम्पनी सञ्चालक प्रदिप अधिकारीले बताए । कम्पनीले अर्घाखाँची जिल्लाका बिभिन्न स्थानमा गुणस्तरीय काम गर्दै स्थानीयलाई स्वराेजगार बनाउनुक साथै सीप समेत प्रदान गदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार