न्युज सम्वाददाता / भुमिकास्थान ।
भगवती माध्यमिक विद्यालय पान्तु डाडा अर्घाखाँचीको ५९ औं वार्षिकोत्सब भव्य रूपमा सप्पन्न भएको छ ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा न. ८ चिउरामाटी निवासी सामाजिक तथा बौद्धिक व्यक्तित्व प्रेमनारायण गैरे द्वारा आफ्ना स्वर्गीय पिता तथा उक्त विद्यालयका सस्थागत शिक्षक तथा पुर्व प्रधानाध्यापक स्व. डिल्लीराज शर्मा गैरेको स्मृतिमा रु. १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नु भएको छ।
गैरेले आफ्ना स्वर्गीय पिता डिल्लिराज गैरेको स्मृति गर्दै बिधालयको शैक्षिक बिकासमा टेवा पुग्ने अपेक्षा सहित अक्षयकोषको स्थापना गर्नुभएको हो ।
स्वर्गीय गैरे पुर्व शिक्षकको रुपमा कार्यरत रहेकै बिधालयमा अक्षयकोशको स्थापना गरेर सामाजिक कार्य गर्नुभएकोमा बिधालयले गैरे परिवारलाइ धन्यवाद ज्ञापन गरेको छ ।
वार्षिकोत्सब समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे रहनुभएको थियो । घिमिरेले कार्यक्रममा मन्तव्य राख्दै शिक्षाको बिकासका लागि सबै पक्षको समान दायित्व र जिम्मेवारी हुने भन्दै आफुले सक्ने सुझाव, सल्लाह दिदै गुणस्तर वृद्धिमा योगदान गर्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य झुपलाल खनाल,नगर शिक्षा अधिकृत तुपलाल सापकोटा, भुमिकास्थान नगर पालिकाका सस्थापक मेयर रेशम थापा,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामचन्द्र ढुङ्गाना,पूर्व अध्यक्ष तारा बहादुर मल्ल लगायततका अतिथि बक्ताहरुले स्वर्गीय डिल्लीराज शर्मा गैरेले भगवती माध्यमिक विद्यालयको विद्यालय २०२२ साल स्थापना कालदेखि २०३२ सालसम्म अनवरत रुपमा विद्याल्यको शैक्षिक तथा भौतिक बिकास र यस क्षेत्रमा समाज रुपान्तरणमा महत्त्व योगदान गर्नु भएको र उहाँको निधन पश्चात् पनि यो अक्षय कोष मार्फत बिद्यालयमा अध्ययन गर्ने गरिव तथा बिपन्न बर्गका परिवारका बालबालिकाको पठनपाठनमा असाध्यै ठूलो सहयोग पुग्ने र उहाँको योगदानलाइ चिरस्थायी राख्न पनि सकिने भन्दै अक्षयकोषदाता प्रेमनारायण गैरे र परिवारलाइ धन्यवाद दिनुभएको थियो।
गैरेले यस अधि नुवाकोट माध्यमिक विद्यालयमा पनि स्वर्गीय डिल्लीराज शर्मा गैरे स्मृति छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ। यो बिधालयमा २०६० साल देखि २०६७ सम्म माध्यमिक तहको शिक्षक तथा प्रधानाध्यापक भएर सेवा गरि उमेर हदबन्दीका कारण २०६७ मंसिर २५मा अनिवार्य अवकाश पाउनु भएको थियो ।