२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

पाणिनी -७ मा संचालित च्याउ खेती, फलफुल र कृषि तथा पशुपालन सम्वन्धि तालिमको समापन

माधव बेल्वासे / अर्घाखाँची ।
च्याउ खादा जति स्वादीष्ट हुन्छ उत्पादन गर्न झन उत्तिकै मेहनत लाग्ने गर्छ। च्याउ उत्पादनका लागि पराल भिजाउने देखि गुम्ज भित्र व्यवस्थापन विउ छर्ने र रेखदेख सम्म निकै मेहनत गर्नु पर्ने हुन्छ ।

पछिल्लो समय च्याउ खेतिमा उधमिकोहरूको आकर्षण बढेको छ । यसको आकर्षण संगै व्यवसायीक र आर्थिक उपार्जनको स्रोत बनाउन पाणिनी गाउपालिका वडा नं. ७ झन्द्रेकमा च्याउ खेति तालिम संचालन भएको थियो । आज अड्गुरिमा च्याउ खेती, अमिलो जातको फलफूल खेती र कृषि तथा पशुपालन सम्वन्धी ३ वटा तालिमको एकैदिन औपचारिक समापन भएको छ ।

तालिम पश्चात उद्धमीहरु तालिममा सिकेको सिपलाइ प्रयोग गर्दै सामुहिक रुपमा च्याउ खेति गर्न थालेको छन् । आर्थीक वर्ष २०७९/८० को गरीबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेड्प) को आर्थिक र प्राविधिक सहयोगमा तालिम संचालन भएको थियो ।

तालिम समापन छुट्टाछुट्टै स्थानमा सम्पन्न कार्यक्रममा बोल्दै पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने र उपाध्यक्ष नर्मदा पौडेलले सहभागीहरुलाइ ब्यावसायिक बन्दै आत्मनिर्भर बन्न आग्रह गर्दै सिकेको सिपलाइ निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
यस्तै वडा न. ७ का अध्यक्ष गुनाखर अधिकारिले सिकेको सीप स्वरोजगार बन्न सक्ने गरि प्रयोग गरेर उत्पादनमा कृयाशिल हुन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा पाणिनी गाउँपालिका वडा न. ७ का सदस्यहरू प्रेम बहादुर थापा लगायत तालिममा सहभागीहरुको उपस्थिति रहेको थियो ।
पाणिनि गाउँपालिका उद्धम बिकास सहजकर्ता दिनेश शर्मा र कार्यक्रमको मुख्य जिम्मेवारि पाणिनी गाउँपालिका उधम बिकास सहजकर्ता डम्बर डागी लगायतले तालिम अवधिभर सहजीकरण गर्नुभएको थियो ।


सहभागीहरुले तालिममा सिकेको सिपलाइ आफुहरुले ब्याबहारमा उतार्ने भन्दै पाणिनी गाउँपालिकालाइ यस्तै उत्पादनमुलक र सिपमुलक कार्यक्रमहरुलाइ प्राथमिकता दिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार