२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

पोखराथोकमा राखिएको सोलर बत्तीको चौतर्फी आलोचना भएसँगै वडा अध्यक्ष द्वारा स्पष्टीकरण

माधब पौडेल / पाणिनी
जेठ – ९
अर्घाखाँची जिल्ला को पाणिनी गाउँपालिका वडा नं २ पोखराथोक को हरिहर विद्यालय नजिकै सडकको छेउमा राखिएको सोलर बत्तीको केही दिन यता देखि सामाजिक सञ्जालमा आलोचना हुँदै आएको छ ।केही दिन पहिला पाणिनी गाउँपालिका ले गाउँपालिका भित्र का आठ वटै वडामा एक एक वटाका दर सोलर बत्ती वितरण गरेको थियो ।
यो विषयले सामाजिक सञ्जाल मा स्थान पाइरहदा उता वडा अध्यक्ष चन्द्रकान्त पौडेल ले भने यो विषयमा स्पष्ट पारेका छन्।

उनी भन्छन “जुन ठाउँमा सोलर बत्ती राखिएको छ त्यो ठाउँ देखि मेरो घर नजिकै भएता पनि आफूले आफ्नो व्याक्तिगत स्वार्थ को लागि यो काम गरेको हैन्न ।सोलर को बत्ती पनि बाटो तिरै फर्काइएको छ । यहाँ सोलर बत्ती राख्नुको मुख्य उदेश्य यहा रहेको श्री हरिहर संस्कृत, साधारण तथा प्राविधिक नमुना विद्यालयमा बाहिरबाट आएर बस्ने विद्यार्थी हरुको छात्रावास रहेको र उनीहरूले साझको समयमा पानी बनाउन को लागि विद्यालय भित्र जान आउँन पर्ने हुँदा रातिको समय मा अध्यारोको कारण समस्या नहोस् भनेर यही स्थाननै अहिले को लागि उचित ठानेर परामर्श गरी यहाँ सोलार राखिएको हो । ”

म आफ्नो समस्या र अरूको समस्या लाई एउटै हो भन्ने सोचेर विद्यार्थी हरु को सुविधालाई मध्यनजर राखी यो काम गरेको हुँ ।उनी भन्छन् मेरो घरमै बत्ती छ सरकारले दिएको एउटा सोलरमा मलाई कुनै लोभ छैन । सामाजिक सञ्जालमा आफू लाई असफल पार्नको लागि भिविन्न समाचार आएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार