१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

शितगंगामा नगर स्तरीय निमावि हाजिर जवाफ तथा स्लो वाइक रेस प्रतियोगिता हुने

झनक केशी-अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका २ घुम्तीमा नगर स्तरीय हाजिर जवाफ तथा खुल्ला स्लो वाइक रेस प्रतियोगिता हुने भएको छ । नयाँ सोच युवा क्लब द्वारा आयोजित प्रतियोगिता यहि जेठ १४ र १५ गते हुने भएको छ।

प्रतियोगिता शितगंगा २ मा रहेको शान्ति आधारभूत विद्यालयको प्राङ्गणमा हुने छ। तिब्र गति जिवनको क्षति सडक दुर्घटना न्युनिकरण प्रोत्साहनको लागि स्लो वाइक रेसको आयोजना गरिएको आयोजकले शितगंगा बुलेटिनलाई जानकारी दिएको छ । स्लो वाइक रेसको लागि प्रतियोगिले जेठ १४ गतेसम्म दर्ता गरिसक्नुपर्ने छ ।जस्को दर्ताशुल्क रु ७०० राखिएको केशव खनालले जानकारी दिनुभयो ।

स्लो वाइक रेसमा क्रमशः प्रथम हुनेलाइ रु १५,००० ट्रफी मेडल र प्रमाणपत्र द्वितीय हुनेलाइ रु १०,००० ट्रफी मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई रु ५,००० ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
हाजिर जवाफ तर्फ प्रथम हुनेलाई रु १५,००० ट्रफी मेडल र प्रमाणपत्र द्वितीय हुनेलाइ रु १०,००० ट्रफी मेडल र प्रमाणपत्र तृतीय हुनेलाइ रु ५,००० ट्रफी मेडल र प्रमाणको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार