१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

पाणिनी गाँउपालिकाको पणेनामा महिला नेतृत्व बिकास सम्बन्धी कार्यक्रम

माधव पौडेल ,पाणिनी
अर्घाखाँची जिल्ला को पाणिनी गाउँपालिका १ पणेना १ मा महिला नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ।
पाणिनी गाउँपालिकाको आर्थिक सहयोग र एटम मीडिया प्रा ली को सहजीकरणमा हिजो अर्थात् १२ र आज १३ गते गरी दुई दिन सञ्चालन भएको कार्यक्रममा उद्घघाटन सत्र प्रकाश बेल्वासेको अध्यक्षता र पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल, वडा नं १का वडा अध्यक्ष कमल प्रसाद पोखरेल रहनुभएको थियो ।
कार्यक्रममा पूर्व वडा अध्यक्ष सालिकराम भट्टराई राजनैतिक दल का प्रतिनिधि, प्रशिक्षक राजेन्द्र पौडेल र सिता बन्जाडेको उपस्थितिमा भएको थियो ।

समापन कार्यक्रममा विशिष्ट अतिथि वडा अध्यक्ष कमलप्रसाद पोखरेलले सहभागीहरू लाई प्रमाणपत्र वितरण गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन माधव पौडेलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार