११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

ईच्छुकको सम्झनामा जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण

अनिल नेपाली
अर्घाखाँची १३ जेठ

जनपत्रकार सगठन नेपाल जिल्ला समिति अर्घाखाँचीले जनपक्षीय पत्रकार तथा साहित्यकार कृष्णसेन ईच्छुकको २२ औ स्मृति दिबसको अबसरमा जिल्ला अस्पतालमा रहेका विरामीलाई आज फलफुल वितरण गरेको छ । फलफुल वितरण पछि भएको प्रभातफेरी कार्यक्रममा मन्तब्यमा राख्दै सगठनका लुम्विनी प्रदेश सयोजक राजेन्द्र रावत क्षेत्रीले विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गदै ईच्छुकले देखाएको बाटोमा जिवनप्रर्यन्त हिड्ने प्रतिबद्धता व्यक्त गनुभएको थियो कार्यक्रममा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्ड डा अशोक शाहले मन्तब्य राख्दै हरेक मानिस शारिरीक, मानशिक ,सामाजिक रुपमा स्वस्थ बनाउनका लागि सामाजिक सघ सस्थाको महत्वपुर्ण भुमिका हुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासघका लुम्विनी प्रदेश सदस्य प्रेमनारायण आचार्यले सहिद कृष्णसेन ईच्छुक लोकतन्त्र र गणतन्त्रको सारथी भएको बताउदै ईच्छुकको योेगदान महत्वपुर्ण रहेको बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अर्घाखाँची ईन्चार्ज खेम घर्ती माहुरी सेक्रेटरी मिसन , गुल्मी ईन्चार्ज खोमा तरामु मगर एकीकृत सरकारी कर्मचारी सगठनका केन्द्रिय सदस्य अशोक चौहान लगायतको आतिथ्यता रहेको कार्यक्रममा जिल्ला अस्पतालमा रहेका करिब २५ जना विरामी लाई फलफुल वितरण गरिएको सगठनका जिल्ला ईन्चार्ज अनिल नेपाली बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार